डेंगुबाट थप एक महिलाको ज्यान गयो ,
भदौ २२ , वुटवल – देशमा हाल सम्म ४८ जिल्लामा डेंगु फैलीएको ईडीसीडी) को तथ्यांकले बताएको छ । हाल सम्म डेंगु बाट ७० हजार ब्याक्ति प्रभावित छन् भने ४ जनाको मृतु भईसकेको छ ।
डेंगु संक्रमित भई उपचारर्थ थप एक जना महिलाको ज्यान गएको छ कपिलवस्तु वाणगंगाकी ६१ वर्षीया सावित्रा आचार्यको शनिबार मृत्यु भएको हो ।
दुई दिनअघि लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि आएकी उनमा डेंगु संक्रमण देखिएको थियो ।आइसियुमा उपचारकै क्रममा उनको मृत्यु भएको बताइएको छ ।
यस वर्ष डेंगुबाट मृत्यु भएको रुपन्देहीमा पहिलो घटना हो । रुपन्देहीमा पनि डेंगुका बिरामीको संख्या बढ्दैगएको छ । अस्पतालमा अन्य बिरामीको चापसमेत अत्याधिक हुदा उपचारमा कठिन भएको छ ।
डेंगुको संक्रमण बढेपछि चेकजाच गर्न आउनेको संख्या बढेको हो । परीक्षणका लागि किट समेत प्रयाप्त नभएको प्रादेशिक अस्पतालले जनाएको छ । डेंगुको १० प्रतिशत केस मात्र लाक्षणिक हुन्छ भने बाँकी ९० प्रतिशत सामान्य ज्वरोका बिरामी मात्र हुन्छन् ।
चितवनमा मात्र डेंगुबाट एक हजार ब्याक्ति संक्रमण रहेको ईडीसीडी) को तथ्यांक छ।ईडीसीडीले डेंगु रोग निदानका लागि र्यापिड डाइग्नोस्टिक किट (आरडीटी) को सट्टा रगतमाह्वाइट ब्लड सेल तथा प्लेटेलेट गणना र हेमाटोक्रिट परीक्षण गरी रोग निदान र व्यवस्थापन गराउन अनुरोध गरेको छ ।