Gold

सामुहिक किशोरी बलात्कारको आरोपमा ९ जना पक्राउ ,,

Naumule Migrate

भदौ २४ , काठमान्डौ – किशोरी बलात्कारको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ , ।नवलपरासीको सुस्तामा १९ वर्षीया एक किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा सुस्ता गाउँपालिका ३ बस्ने ४५ वर्षीय सुरेन्द्र यादव, २५ वर्षीय मनमोहन राजभर, २२ वर्षीय शिवराज राजभर, ३७ वर्षीय भिमलाल मुसहर, २२ वर्षीय सन्दिप यादव, २२ वर्षीय रज मुसहर, ४० वर्षीय नेत्र चौधरी, १९ वर्षीय पिन्टु राजभर र १९ वर्षकै अमरनाथ भिडहारलाई रहेका छन् ।

प्रहरीका अनुसार उनीहरुले किशोरीलाई धम्की दिएर उँखुबारीमा लगेर बलात्कार गरेको उजुरी प्रहरीमा परेको छ ।‘अफिस जाँदै गरेकी किशोरीलाई एकान्त बाटोको मौका छोपेर करिब तीन सय मिटर टाढा लगेर बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ,।

उनीहरु लुकी छुपी हिडिरहेको बेलामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले बताए ।पक्राउ गरेका उनीहरु ९ जनालाई अदालतबाट ५ दिन म्याद थप गरेर अनुसन्धान गरिरहेको बेलाटारीका प्रहरी निरीक्षक प्रकाश श्रीमलले बताए ।

Naumule Badhipahiro