कारुणिक गित ,भाग्य ,जसले दर्शकलाई रुन बाध्य बनायोrangadarpan,

गाँउ घरका कुना कन्दारा राना पाखामा घन्किने गरेका गितले साच्चिकै मानिसको जन जीबनका यथार्थ घटना बोकेको हुन्छन ,।

तेस्ता गितलाई मनदेखि नियाल्ने हो भने दुख पिडाका सहयात्री बन्ने गर्दछन। अझै भनौ भने जुन तेस्ता गित छन् ,मानिसको जिबनमा सधै गाडिएर बस्ने गर्दछन र बारम बार मुटु घोच्ने गर्दछ ।

जसलाई मानिसले सहयात्री बनाएर बचेका हुन्छन ,तेस्तै सत्य घटनामा यथार्थ चित्रण गरि भिजुयल मार्फत बजारमा सार्वजानिक गरिएको भाग्य गितले दर्शकको मन पगालेको देखिन्छ ।

lekbesi

गितको शब्द संगीत बाजाका धुन हरुले नै मानिसको मनमा चसक्क घोच्ने गरेको देखिन्छ। मानिसको दैनिक जिबनमा र माया पिरतीमा परेका घटना यो सत्य हुन् ।जुन सम्पूर्ण नेपालिमा लागु हुने गर्दछन ।

सुदुरपस्चिमक विभिन्न जिल्लामा बोलिने र चर्चो ,पर्चो गर्ने भाषा देउडा भाका गित अझै बिरलै भाषा हो। जसको छुट्टै महत्व छ। यस्तै भाषामा निर्माण भाग्य यो भिडियोलाई धुन नेपालको युटुबबाट सार्वजानिक गरिएको छ।

जनक साउदको संगीत स्वर रहेको भाग्य यो गितमा \लक्ष्मी खत्रीको पनि स्वर छ ।गितमा नेत्र शाहीले कोरेका मौलिक शब्दमा डि आर सुजनको निर्देशन छ ।

जितु तामाङ्को छायांकनलाई राजेश कुमारले सम्पादन गरेका हुन् ।भाग्य गितमा चक्र साउद ,सम्झना तामाङ्ग ,सिर्जना रोका ,बम ब साउद सुरेन्द्रको उत्क्रिस्ट अभिनय देख्न सकिन्छ। हजुर पनि हेर्न नभुल्नुहोला यो भिडियो ,,