गुर्भाकोट नगरपालिकामा नगर स्वास्थ्य शाखा मार्फत डेंगु नियन्त्रण कार्यक्रम हुँदै ,

भदौ २७ ,काठमान्डौ – कर्णाली प्रदेश सुर्खेतको गुर्भाकोट नगरपालिकामा डेंगु नियन्त्रण जनचेतना कार्यक्रम हुने भएको छ। देशका ५६ जिल्लमा महामारीको रुपमा देखिएको डेंगुको लागि नगरपालिकामा २९ गते विभिन्न सचेतनाका कार्यक्रम गरिने गुर्भाकोट नगरपालिका १ राम्रीकाडाका अहेब दिपेन्द्र खत्रीले रंग दर्पणलाई जानकारी गरे ।

नगर स्वास्थ्य शाखा मार्फत हुन लागेको उक्त कार्यक्रम गुर्भाकोट नगरपालिका भरि नै लागु हुने छ ।,डेंगु नियन्त्रण कार्यक्रममा विभिन्न स्वास्थ्य सस्थाका प्रमुख उप प्रमुख ,महिला स्वास्थ स्वयम् सेबिका ,स्वास्थकर्मी संगै स्थानिय जन प्रती निधि शिक्षक परिचालन हुनेछन् ।

स्वास्थ्य शाखाले नगरपालिकाका विभिन्न विद्यालयमा समेत डेंगु रोग र यसको नियत्रणबारे विद्यार्थी सिक्षकमा चेतनाको अभियान चलाउने छ ।नगरपालिकाले यो भन्दा अगाडीपनि डेंगु नियन्त्रण बारे अभियान संचालन गरेको थियो।

गत जेठ महिनामा धरानबाट फैलीएको डेंगुले हाल सम्म ६ जनाको मृतु भैसकेको छ। गत १८ गतेपनि गुर्भाकोट ९ कि वर्ष ३६ कि पम्फा बिकको उपचारको क्रममा काठमान्डौको छाउनीमा डेंगु फेला परेको थियो ।

छाउनी अस्पातालले ग्रांडी अस्पतालमा रिफर गरेपछि २५ गते उनको उपचारको क्रममा डेंगुका कारण मृतु भयको थियो। हाल सम्म विभिन्न जिल्लामा गरि १ लाख भन्दा बढी ब्याक्ति प्रभावित रहेको ईडीसीडी) को तथ्यांकले जानकारी गरेको छ।

साथै निजि अस्पतालका रिपोर्ट आईनसकेको हुनाले अझै कति व्यक्ति डेंगुबाट प्रभावित छन् भन्ने जानकारी हुन नसकेको ईडीसीडीका किटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा. प्रकाश शाहले बताए।

कतिपय पहाडी अस्पतालका रिपोएत भने आईसकेका छैनन् ।,पहाडका स्वस्थाचौकीमा डेंगु छेक गर्ने माध्याम पनि छैन ।तेसैले कतिपयलाई डेंगु हो वा होइन भन्ने पन्ने थाह छैन ।

पहाडमा पनि थुप्रा ब्याक्ति बिरामी हुनेगरेको तथ्यांक छ तर उनीहरु भाईरल ज्वरो भन्ने ठान्छन ।शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालमा डेंगु चेक गराउनेको भिड थामी संसक्नु छ।

ईडीसीडीका किटजन्य रोग नियन्त्रण शाखा प्रमुख शाहका अनुसार आरडीटी किटको विभिन्न जिल्लाबाट अत्यधिक माग भइरहेको अवस्थामा हाल स्वास्थ्य सेवा विभागबाट आरडीटी किटको सट्टा बिरामीहरूको रगत परीक्षण गरी रोग निदान गर्न भनिएको छ ।

आरडीटी किटको प्रयोगले डेंगु पोजेटिभ वा नेगेटिभ देखिए पनि उपचारको प्रोटोकलमा कुनै फरक नपर्ने समेत प्रमुख डा. प्रकाश शाह बताउँछन् ।

डेंगु हुनासाथ बिरामीको ज्यान जाने होइन महंगो खर्च गरेर ल्याब परीक्षण पनि नगरे हुन्छ विश्व स्वास्थ्य संगठनले २० प्रतिशत डेंगुका बिरामीको मृत्यु हुने आंकलन गरे पनि डेंगुबाट मर्नेको संख्या १ प्रतिशतभन्दा तलै छ ।

शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालका डा. शेर बहादुर पुनले बताउनु भयो ,उनका अनुसार आफुहरु संग आउने ८० प्रतिसत बिरामीमा डेंगु फेला पर्ने गरेको बताउछन। डेंगु पोजेटिभ दखिएपनि सामान्य उपचारले पनि सन्चो हुन्छ भने पनि बिरामीले नपतयाएको बताउछन ।

डेंगुका मुख्य लक्षणहरु

– अचानक ठूलो ज्वरो आउनु
– आँखाको वरिपरी तथा कन्चटमा धेरै दुख्नु
– सबै शरीर दुख्नु
– घांटी बस्नु
– साना बिमिरा आउनु
– शरीर चिलाउनु
– वाकवाकी लाग्नु / वान्ता आउनु
– छटपटी हुनु
– रिंगटा लाग्नु
– निद्रा नलाग्नु
– हड्डी तथा मांशपेशी निकै दुख्नु
– आँखा तथा घांटी रातो हुनु

डेंगुबाट कसरि बच्ने ,,

रोकथाम

– लामखुट्टे भगाउने स्प्रे अथवा लोसन शरीरमा लगाउने
– लाम्बाहुले कपडा लगाउने
– डेंगु लाग्ने लामखुट्टे day biter अर्थात दिनमा टोक्ने भएकोले दिउँसो सुत्दा झुल प्रयोग गर्ने ।
– भीडभाडमा सकभर नजाने ।
– घर वरिपरी पानी जम्ने खाल्डो पुर्ने, घरभित्र पानीलाई छोपेर राख्ने, बाथरुम ओभानो राख्ने, टायर / पाइप आदिमा पानी जम्न नदिने ।
– पानी जमेको ठाउँमा DDT, मालाथिन छर्नु पर्छ | १ चम्चा पेट्रोल राख्न पनि सकिन्छ ।
– माथिका लक्षण देखिएमा तुरुन्त जांच तथा उपचार गर्ने।
-प्यारासिटामोलले ज्वरो नियन्त्रण नभए वा चिकित्सकले दिएको औषधि खाँदा पनि प्रभावकारी नदेखिए अस्पताल भर्ना हुने ।
स्मरण रहोस – प्राकृतिक खानपिन, नियमित व्यायाम, तनावरहित जीवनशैली तथा स्वस्थ्य रहने उपायहरु अबलम्बन गरेमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुन्छ । तसर्थ स्वस्थ्य जीवनशैली अपनाऔं ।

थप समचारको लागि हामीलाई खोज्नोहोस ,,https://www.facebook.com/rangadarpan1/