surkhet

पर्यटन मन्त्री याेगेश भट्टराईलाई विमानस्थलमै नारा जुलुस संगै हातपात गर्ने प्रयास rangadarpan

surkhet

भदौ २८ , काठमान्डौ – नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईविरूद्ध नेपालगञ्जमा नारा जुलुससहित हातपातकाे प्रयास भएको छ ।

विमानस्थलमा आफ्नो गणत्व्य कुरिरहेका यात्रुहरुले मन्त्री भट्टराईका कारण विमान उडानमा ढिलाई भएको भन्दै उनीमाथि जाईलागेका थिए । मन्त्री भट्टराई कैलालीको सतीघाटमा आयोजना भएको डल्फिन महोत्सवको उद्घान गरेर फर्किँदै थिए ।

मन्त्री भट्टराई आउन ढिलाइ भएपछि विमान एक घण्टा ढिलो भएकाे थियाे । बेलुकी ६ :२५ मा उड्ने विमान ७ बजेर ८ मिनेटमा उडेको नेपालगञ्ज विमानस्थलले जनाएको छ । जसले गर्दा यात्रु आक्रोसित भएको बाँके प्रहरीले जनाएको छ ।

Dailekh

उनकै शुभचिन्तकले मन्त्री भट्टराईविरुद्ध नाराबाजी गर्दै हातपात प्रयास गरेको प्रहरीले जनाएको छ । यात्रुले मन्त्री भट्टराई को हो ? भन्दै नाराबाजी गरेको नेपालगन्ज विमानस्थल सुरक्षा गार्डका प्रमुख प्रेमसिंह भण्डारीले जानकारी दिए ।

मन्त्रीमाथि हातपातकाे प्रयास भएको जानकारी पाएपछि प्रहरीले रोकेकाले अप्रिय घटना हुन नपाएको भण्डारीले जानकारी दिए । भ्रष्टाचारविरूद्धका अभियान्ता ज्ञानेन्द्र शाहीपनि उक्त विमानमा रहेका थिए ।

Gorkha

पर्यटन मन्त्रि रविन्द्र अधिकारिको हेलिकप्टर दुर्घटनामा मृतु भएपछि सस्कृति तथा पर्यटन मन्त्रिपद खालि थियो उक्त मन्त्रालयको जिम्मा प्रधानमन्त्री केपी शर्मा ओलीले योगेश भट्टराईलाई सुम्पेका थिए ।

केहि हप्ता अगाडी मात्र पनि मन्त्रि भट्टराईले ७० वर्षा पुगेका नागरिकलाई विमान उडानमा ५० % छुटदिने निर्णय गरेका थिए।

भट्टराईले नेपालगंज बिमानस्थलमा ३/ ४ जना ब्यक्तीहरु आफु वुरुद्दा आक्रमक शैलीमा प्रस्तुत भएको समेत आफ्नो सामाजिक संजालमा लेखेका छन् ।

पारसका बिरुद्ध सातलाख हस्ताक्षर दरबारमा बुझाएर तैले हामीलाई कति दु:ख दिएको छस् भनेर समेत एक जनाले बोलेको कुरा उनले प्रस्ट पारेका छन् ? त्यो हामीले कहाँ बिर्सेंका छौ र ? सम्म भने ।

त्यो सुने पछि उनीहरुको नियत मैले बुझिहाले । भट्टराईले भने साथै सम्पूर्ण यात्रु तथा बुद्ध एयरले देखाएको समझदारीप्रति धन्यवाद ब्यक्त गद्रै आफ्ना कारणले यात्रुमा पर्न गएको असुबिधाप्रति क्षमामा मागेका छन् ।

 

salyan