ग्याँस सिलिन्डरको आगोमा परि सुर्खेत सिम्ताका एकै घरका दुई जनाको मृतु ,,

भदौ ३१ , काठमान्डौ – रोजगारीको सिलसिलामा भारतको जिमनगर बाईपास गुजरातमा मजदुरी गरिरहेका सुर्खेत सिम्ता डांडाखालिका २३ वर्षीय दिपकको गत २३ गते ग्याँस लिग भै आगलागीमामा परि मृतु भएको थियो।

आगलागीमा उनका ६ वर्षीय छोरा ललितपनि घाईते भएका थिए। उपचारको क्रममा उनका छोरा ललितको पनि मृतु भएको छ ।

आगलागीमा परेका दुवैलाई उपचारको लागि गुजरातको गोबिन्द गुरु सिंह सिविल हस्पिटलमा लागिएको थियो ।

आर्थिक अवस्थाले निकै कम्जोर रहेका दिपकको निधन पछि उनकी श्रीमति लक्ष्मी बिक निकै दु:खमा हुँदै श्रीमान्लाई बचाउन सकिन छोरालाई बचाइदिन आलाप विलाप गरेकी थीइन ।

गुजरातमा मजदुरी गर्ने केहि नेपालिहरुले उनको छोराको उपचारमा सहयोग समेत गरेका थिए तर उपचारको क्रममा छोरा ललितको मृतु भएको छ ।

ग्याँस सिलिन्डरको आगोमा परि मृतक दिपक र छोरा ललितको पुरै भाग मुख ,हात खुट्टा जलेको थियो आफ्नै कोठामा खाना पकाउने क्रममा सिलिन्डर लिगभई आगालागी भएको थियो।

आज बिहान उपचारको कर्ममा बालक ललितको मृतु भयको सिविल हस्पिटलले घोसना गरेको गुजरातबाट सुर्खेत ३ का ओबिलाल खत्रीले रंग दर्पणलाई जानकारी गरे।