क्यान अध्यक्षमा चन्द विजयी कसको कति मत ,

Naumule

असोज ११ , काठमान्डौ – नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्षमा चतुरबहादुर चन्द विजयी भएका छन् । ५९ प्रतिनिधिले मतदान गरेको निर्वाचनमा चन्दले ४४ मत प्राप्त गर्दा उनि विजय भएक हुन्।

अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले गठन गरेको स्वतन्त्र कमिटिको समन्वयमा शनिबार सम्पन्न विशेष साधारण सभाबाट अध्यक्ष चन्दले अर्का अध्यक्षका प्रत्यासी विनयराज पाण्डेलाई १५ मतले हराउँदै निर्वाचित भएका हुन् ।

१७ सदस्यीय नयाँ कार्यसमितीका लागि शनिबार भएको निर्वाचनमा अन्य पदाधिकारीमा समेत चन्द प्यानलले बहुमत प्राप्त गरेको छ । संघको उपाध्यक्षमा चन्द प्यानलका राजुबाबु श्रेष्ठले ४१ मतका साथ विजयी हुँदा उनका प्रत्यासी मिङ्मा डाण्डु शेर्पाले १७ मत पाए ।

संघको सचिवमा चन्द प्यानलका अशोकनाथ प्याकुरेल ४३ मत पाउँदै निर्वाचित हुँदा उनका प्रत्यासी विनोद कुमार मैनालीले १५ मत प्राप्त गरे । कोषाध्यक्षमा चन्द प्यानलका रोशन कुमार सिंह ४५ मत पाएर निर्वाचित भए भने उनका प्रत्यासी उपेन्द्र भट्टराईले १२ मत पाए ।

Gurvakot

प्रदेश सदस्यतर्फ प्रदेश १ बाट कैलाश विष्टले ३७ र प्रदेश ३ बाट अमित बिर पाण्डे ३९ मत प्राप्त गर्दै अन्य पदाधिकारीमा निर्वाचित भए ।

प्रदेश सदस्यतर्फ प्रदेश २ बाट दाउद अन्सारी, प्रदेश ४ बाट ऋषिराम गौतम, प्रदेश ५ बाट प्रसान्त बिक्रम मल्ल, प्रदेश ६ बाट पदम बहादुर खड्का र प्रदेश ७ बाट बिक्रम बिष्ट निर्विरोध निर्वाचित भए ।

हालै मात्र समावेश गरिएको महिला सदस्यमा जयन्ती भट्ट एक मात्र उम्मेदवार भएकाले निर्विरोध घोषित भइन् । खुल्ला सदस्यमा दुर्गा राज पाठक (४२), बिरेन्द्र वहादुर चन्द (३६), माधव कुमार कर्माचार्य (३५), संजय राज सिंह (३४) र करन महोत्रा क्षेत्री (३०) ले मत प्राप्त गर्दै निर्वाचित भए ।

निर्वाचनमा ३९ जिल्ला र २० प्रदेशबाट आएका ५९ प्रतिनिधिले नयाँ कार्यसमितका लागि मतदान गरेका थिए । सरकारी हस्तक्षेप अवैधानिक निर्वाचन गराएको भन्दै यस अघि २०७३ सालमा आईसीसीले नेपाल क्रिकेट संघलाई निलम्बन गरेको थियो । झन्डै साढे तीन वर्ष अन्तर्राष्ट्रिय क्रिकेटमा निलम्बन रहेको क्यानले शनिबार नयाँ नेतृत्व पाएको हो।

 

Bangad kupinde