सी लाई प्रधानमन्त्रीले विमानस्थलमै भेट्ने सी आउँदा सडक किनारामा कोहि उभिन नपाउने ,,

Naumule

असोज २५ , काठमान्डौ – चिनिँया रास्ट्रपति सी चिनपिङ्ग आज नेपाल भ्रमणको लागि आउंदै छन् ।,राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा चीनका राष्ट्रपति सी जिङपिङको शनिबार अपराह्नदेखि दुई दिवसीय राजकीय भ्रमण हुँदैछ ।

भारत भ्रमणमा रहेका सी त्यतैबाट शनिबार अपराह्न ०४ः३०–०५ः३० बजेसम्ममा विशेष विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्रिभुवन विमास्थलमा सीलाई उच्च सम्मानका साथ स्वागत गर्ने तयारी सरकारले गरेको छ । राष्ट्रपति भण्डारीले पहिलो औपचारिक स्वागत गरेपछि मात्र प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सदस्यहरूले चिनियाँ राष्ट्रपतिलाई विमानस्थलमा भेट्ने छन् ।

शनिबार काठमाडौंमा विशेष विमानबाट अवतरण गरेपछि सीले केहीबेर विश्राम लिने र त्यसपछि भेटघाटका कार्यक्रमलाई तीव्रता दिने कार्यतालिका रहेको छ । सीले साँझ ६ः३० बजे नेपाली समकक्षी विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नेछन् ।

Gurvakot

नेपालको राजकीय भ्रमण पूरा गरी स्वदेश प्रस्थान गर्नुअघि राष्ट्रपति सीसँग नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

तेस्तै सीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्नेछन् ।देउवासँगको भेटवार्तापछि राष्ट्रपति भण्डारीले आयोजना गरेको राजकीय भोजमा सी सहभागी कार्यतालिका छ ।

तेइस वर्षपछि चिनियाँ राष्ट्रपतिबाट नेपालको राजकीय भ्रमण हुन लागेको हो ,तेस्तै सी आउनेबेलामा कुनैपनि ब्याक्ति सडक किनारामा अडिननदिन आग्रह गरिएको छ। सी आउने बाटोमा प्रधानमन्त्री ओलीले आज बिहान निरिक्षन गरेका छन् ।

उनले शनिबार बिहानै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट राष्ट्रपति सीको सवारी हुने बाटाहरु हुँदै सोल्टी होटलसम्म निरीक्षण गरेका हुन् ।

Bangad kupinde