Simta
Gurvakot
Gurvakot

निवर्तमान सभामुख महराको पद यथावत ,

असोज २९ ,काठमान्डौ – निवर्तमान सभामुख कृष्णबहादुर महराको सांसद पद यथावतनै छ। महराले आफैले राजिनामा पनि दिएका छैनन् उनलाई पार्टीले पनि कुनै कारबाही गरेको छैनन् र पार्टीलेपनि केहि बोलेको छैन ।

,सचिवालयमा काम गर्ने रोशनी शाहीले आफूमाथि महराले बलात्कारको आरोप लगाएपछि उनले सत्य तथ्य छानबिन नहुन्जेल भनेर राजिनामा दिएका थिए । तर त्यो राजिनामा आफुलाई लगाईएको आरोपको बारेमा छानबिनको लागि मात्र हो ,।

आफूमाथि लागेको आरोपको छानबिनपछि महरा आफ्नै पदमा फर्किने छन् वा पार्टीले के निर्णय गर्छ भन्ने जानकारी आउँन बाकि छ । किनकि मुद्दा अनुसन्धानका क्रममा पक्राउ परेकै कारण मात्र सांसद पद निलम्बित हुँदैन ।

lekbesi

नियमावली अनुसार फौजदारी मुद्दामा अदालतको फैसलाबमोजिम कैद भोगिरहेको खण्डमा मात्रै सांसद पद स्वतः निलम्बित हुन्छ ।

Simta

प्रतिनिधिसभा नियमावलीअनुसार उनी निलम्बित नभइसकेकाले प्रहरी हिरासतमा पनि ‘माननीय’ हैसियतमै छन् । बलात्कार प्रयासको आरोप लागेपछि उनीसम्बद्ध पार्टी नेकपाले महरालाई सभामुख र सांसद पदबाट राजीनामा दिन भनेको थियो ।

पार्टी सचिवालय बैठकले सोहीअनुसारको निर्णय गरेको कुरा बाहिर आएको थियो । बैठकपछि पार्टी नेताहरूले ‘महरा अब सांसद नरहेको’ प्रतिक्रिया पनि दिएका थिए ।

तर, सभामुखबाट राजीनामा दिएका महराले प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएनन् । छानबिनको लागि भन्दै प्रहरीले महरालाई १९ गते पक्राउ गरेको थियो ।

महरा हिजो २८ गते अदालतमा पनि पेश गरियको थियो । उनको बयान सकीएपछि महरालाई थप ३ दिन हिरासतमा राख्न काठमान्डौ जिल्ला अदालतले आदेश गरेको छ। स्वासप्रशासको समस्या रहेका महरालाई नर्भिक अस्पतालमा भर्ना छन् ,उनको अद्लातले फेरो भोलि ३० गते बयान लिने छ । ,