विप्लव समूहका नेता पार्टी परित्याग गरि घरमा बसेपनि प्रहरीले गर्यो पक्राउ,
कार्तिक ५ ,काठमान्डौ – नेत्रविक्रम चन्द -विप्लव) समूहका नेता गुणराज लोहनीलाई प्रहरीले पक्राउ गरेको छ ।मंगलबार लोहनीलाई प्रहरीले भरतपुरस्थित उनकै घरबाट पक्राउ गरेको हो ।
विप्लवले सोमबार विज्ञप्ति जारी गर्दै पार्टीका केन्द्रीय सदस्य रहेका लोहनीलाई स्वास्थ्य समस्याको कारण देखाउँदैं जिम्मेवारीबाट मुक्त गरेको जनाएको थियो ।
लोहनीले चितवन प्रहरीलाई पनि पार्टीले आफूलाई दुई महिना अगाडि नै कारबाही गरिसकेको र हाल स्वतन्त्र नागरिकको रुपमा बसीरहेको प्रारम्भिक बयान दिएका छन् ।पार्टीको आठौं पूर्ण बैठकले उनलाई जिम्मेवारीबाट मुक्त गरिएको विज्ञप्तिमा उल्लेख छ।
