आलाम र आलमको भाई महताब विरुद्द अद्लातमा जन्मकैदको फैसला माग आज थुन छेक बहस हुने ,,

कार्तिक १९ ,रौतहट – काङ्ग्रेस नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमविरुद्धको मुद्दामा आज मंगलबारदेखि अदालतमा थुनछेक बहस हुने भएको छ ।

प्रहरीले अफताव आलमविरुद्द आठ सय पेज लामो अनुसन्धान रिपोर्टसहित आफ्नो राय जिल्ला सरकारी वकिलको कार्यालयमा पेस गरिसकेको छ । सरकारी वकिल कार्यालय रौतहटले आलमसहित १० जनालाई जन्मकैद र तीन वटा कसुरमा मुद्दा दर्ता गरेको छ ।

जसमा आलमलाई सर्वस्वसहित जन्मकैद वा आजीवन काराबासको सजायँ मागदाबी प्रहरीले गरेको छ ।१२ वर्षअघि रौतहटमा इँटा भट्टाभित्र जिउँदै मान्छे जलाएको भन्ने अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले मुद्दा चलाउने निर्णय गरेको हो ।

आलमसहितका व्यक्तिले २०६४ चैत २७ गते यमुनामाई गाउँपालिकाका त्रिलोकप्रताप सिंह र ओसी अख्तर मियाँसहितका व्यक्तिलाई इँटाभट्टाको चिम्नीमा हालेर हत्या गरेको भन्दै सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।

आलामलाई प्रहरीले गत असोज २६ गते पक्राउ गरेर नियन्त्रणमा लिएको छ प्रहरीको मागदाबीअनुसार अदालतले फैसला गरेमा आलमलाई ४५ वर्षसम्म जेल सजायँ हुनसक्छ ।प्रहरीको अनुसन्धान रिपोर्टमा तत्कालीन प्रहरी महानिरीक्षक ओमविक्रम राणालाई साक्षीका रुपमा पेश गरिएको छ ।

प्रहरीलाई उनले गरिदिएको कागजमा आफूलाई घटनाबारे जानकारी भएको र तत्कालै कानुनअनुसार कारबाही गर्न निर्देशन दिएको उल्लेख छ ।

सरकारी वकिल कार्यालयले आलमसहित उनका भाई मोहम्मद महताब आलम, शेख भदई, मोहम्मद मोविन आलम, शेख सेराज, बद्री सहनी, शेख फजलेहक, सगिर आलम, शेख जुमइन भन्ने शेख मलकार र गौरीशङ्कर साहसमेत विरुद्ध मुद्दा दर्ता गरेको उनले जानकारी दिए । गौरीशङ्कर साहविरुद्ध भने मतियारको रुपमा मुद्दा दायर गरिएको छ ।