Gold

जनयुद्धका शहिद हिमाल र सरूको स्मृतिसभा सम्पन्न संगै फोटोमा माल्यार्पण ,,

Naumule Migrate

कार्तिक १९ , काठमान्डौ – जनयुद्दका महान शहिद आसकाजी श्रेष्ठ (हिमाल) र विमला भट्ट (सरू) क्षेत्र महत सुजिता चि खत्री महत को स्मृतिमा मंगलवार स्मृतिसभा गरिएको छ ।

नेकपा बारपाक सुलिकोट गाउँ पालीका सम्पर्क मञ्च को आयोजना मा बनस्थली ढुङ्गेधारा अर्किट पार्टी प्यालेसमा स्मृतिसभा कार्यक्रम सम्पन्न भएको हो,।

कार्यक्रममा शहिद हरुको फोटोमा माल्यार्पण गरि श्रद्धान्जली सभा संगै शहिदहरुको नाममा एक मिनेट मौनधारण गरिएको थियो ।

नेकपा केन्द्रीय सदस्य एवम गोरखाका सासंद चुडामणि खड्का प्रमुख आतिथ्य र नेकपा केन्द्रीय सदस्य एबम गोरखा जिल्लाका सह:ईन्चार्ज पसुराम रम्तेलको बिसेस उपस्थितमा उक्त कार्यक्रम समापन भएको हो ।

,स्मृतिसभामाको कार्यक्रम बोल्दै विभिन्न बक्ताहरुले सहिदहरुको रगतले आर्जेको मुलुकमा अझै जनताले भने जस्तो नरहेको बताएका थिए ।

,शहिद हरुले देखाएको बाटो आफुहरुले कहिले नभुल्नेसमेत कार्यक्रममा बक्ताहरुले बताएका हुन् सहिद आसकाजी श्रेष्ठ (हिमाल) को २०५९ कात्तिक १९ गते र विमला भट्ट (सरू) को २०६१ कात्तिक १९ गते गोरखाको ताकुमा तत्कालिन सत्ताले हत्या गरेको थियो।

Naumule Badhipahiro