Gold

कालापानी नेपालको भूभाग भएको २०१८ सालको जनागणनामा उल्लेख छ ,संचारमन्त्रि गोकुल बास्कोटा ,

Naumule Migrate

कार्तिक २१ ,काठमान्डौ – कालापानी लिपुलेखको आफ्नो नक्सामा भारतले राखेको भन्दै चौतर्फी विरोध भईरहेको छ ,।नेपाल सरकार पररास्ट्र मन्त्रालयले पनि हिजो एक विज्ञप्ति जारि गर्दै भारतले एकपक्षिय नक्सा जारि गरेको समेत नेपाल सरकारले अमान्य हुने भनेको छ।

,बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा गरिएको नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले नक्सासम्बन्धी समस्या कुटनीतिक र राजनीतिक तहबाट समाधान गर्ने बताए ।

नेपालका सिमानाबारेमा पहिलेपानी विवाद आएको हो धेरै ठाउमा यस्ता विवाद छन् र विवाद सुल्झाउने भईरहेको छ ,तेस्तै कालापानीको विवाद बारे भारतसंग नेपालले कुटनीतिबाट सुल्झाउने बताएको छ , ।

उनले कालापानी नेपालकै भएको ऐतिहासिक प्रमाणहरु भएको बताए। उनले २०१८ सालमै कालापानीमा नेपालले जनगणना गरेको प्रमाण रहेकोले कालापानी नेपालकै भएको स्पष्ट रहेको बताए।

नेपालकी सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्नु सरकारको दायित्व हो। ‘हामीसँग ऐतिहासिक तथ्य छन् हामीसँग भएको प्रमाण नै यथेष्ट छन्। कालापानीको विषयमा सरकारले कुटनीति ढंगबाट सुल्झ्याउछ मन्त्रि बास्कोटाले भने।

Naumule Badhipahiro