Gold

विवाद रहित नेकपा सुर्खेतले स्थानिय तहको एकता टुङ्गायो,

Naumule Migrate

कार्तिक २१ ,काठमान्डौ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुर्खेत जिल्ल्लाले स्थानिय तहको एकतालाई अन्तिम चरणमा टुंग्याएको छ ।

सुर्खेत जिल्लमा नौं वटा स्थानिय तह छन् जसमध्ये जिल्लामा पूर्व एमालेको भागमा ५ स्थानीय तह र पूर्व माओवादीको भागमा चार स्थानिय तह भाग परेको छ ।

कर्णाली जिल्लमा सबै स्थानिय तहमा कमिटि सम्म एकता भए पनि सुर्खेतमा हुन सकेको थिएन ।नेकपा सुर्खेत जिल्लाको सचिवालय बैठकले उक्त निर्णय गरि जिम्मेवारी बाँड फाँड गरेको हो।

पञ्चपुरी नगरपालिका, गुर्भाकोट नगरपालिका, लेकबेसी नगरपालिका, सिम्ता गाँउपालिका र बराहताल गाँउपालिका गरी ३ नगरपालिका र २ गाँउपालिका पूर्व एमालेको भागमा परेको छ ।

तेसैगरी वीरेन्द्रनगर नगरपालिका, भेरीगंगा नगरपालिका, चौकुने गाँउपालिका र चिङगाड गाँउपालिका पूर्व माओवादीको भागमा परेको छ।

जसअनुसार वीरेन्द्रनगर नगरपालिकाको अध्यक्षमा गंगराम तिमिल्सेना र सचिवमा गणेश वली,भेरीगंगा नगरपालिकामा नरेन्द्र कार्की अध्यक्ष र सचिवमा टिकाराम सुवेदी, गुर्भाकोट नगरपालिकामा देव बहादुर खत्री अध्यक्ष र मोती विक सचिव, पञ्चपुरी नगरपालिकामा मन बहादुर विक अध्यक्ष र केश बहादुर शाही सचिव, लेकबेसी नगरपालिकामा टिकारम सोमई अध्यक्ष र मदन गाहा सचिव चयन गरिएको छ ।

यसैगरी सिम्ता गाँउ पालिकामा कविन्द्र केसी अध्यक्ष र सचिवमा झुप बहादुर बुढा आश्निल, बराहताल गाँउपालिकामा ओम बहादुर महतरा अध्यक्ष र सचिवमा बल बहादुर कठायत, चौकुने गाँउपालिकामा गंगराम विक अध्यक्ष र हरी अधिकारी सचिव तथा चिङगाड गाँउपालिकामा सम्मर बिक अध्यक्ष र हर्क बहादुर राना सचिव चयन भएका हुन् ।

कर्णालीका सबै जिल्लामा स्थानीय तहसम्मका जिल्ला सचिवालयको बैठकले स्थानीय स्तरका अध्यक्ष र सचिवको टुङ्गो लगाएको हो । यसलाई जिल्ला कमिटि बैठकबाट अनुमोदन गराउने एक नेताले बताए ।

Naumule Badhipahiro