आलमलाई जेल पुर्याउने न्याधिवाक्तालाई आलमका मान्छेले दिए मार्ने धम्कि न्याधिसपनि भागेर काठमान्डौमा ,

मंसिर १ ,काठमान्डौ – नेपालि कांग्रेस पुर्व मन्त्रि सांसद मोहम्मद आफताब आलमलाई पुर्पक्षका जेल पठाएपछि जिल्ला सरकारी वकिलको कार्यालय रौतहटका न्यायाधिवक्ता खडिन्द्रराज कटवालको मकवानपुर सरुवा भएको छ ।

रौतहट बम बिस्फोटका आरोपित मोहम्मद आफताब आलमलाई पुर्पक्षका लागि कारागार चलान गरिए लगत्तै काठमाडौं आएका कटवालको आइतबार मकवानपुर जिल्ला सरकारी वकिलको कार्यालयमा सरुवा भएको स्रोतले बताएको छ ।

आलमको मुद्दामा अनुसन्धान भए लगत्तै प्रहरीले कटवालको सुरक्षाका लागि अंगरक्षक पनि खटाएको थियो ।

आलमको विरुद्ध सरकारी वकिलको तर्फबाट मुद्दा दायर गरेका कटवालले सुरक्षा थ्रेट रहेको भन्दै शुक्रबार नै अन्यत्र सरुवा गर्न महान्यायधिवक्ताको कार्यालयलाई आग्रह गरेका थिए ।

यस्तै आलमलाई पुर्पक्षका लागि कारागार पठाउन आदेश दिने जिल्ला न्यायाधीश दीपक ढकाल समेत रौतहटबाट शुक्रबार राति नै काठमाडौं आएका छन् । आलमलाई ललितपुरस्थित नख्खु कारागार राखीएको छ ।

१२ वर्षअघि बम बनाउँदा विस्फोट भएका २६ जना घाइतेलाई इटाभट्टामा हालेको आरोपमा आलमलाई गत २६ गते प्रहरीले पक्राउ गरेको थियो आलममाथि विस्फोट पदार्थ, ज्यानमार्ने उद्योग र ज्यान मुद्दा गरी तीन मुद्दा लगाइएको छ ।

आलम जेल चलान भएपछि रौतहटमा स्थानिय देखि घाईते परिवारमा त्रास भएको छ ,।आलमका मान्छेले जति खेरपानी हामीलाई मार्न सक्छन भन्दै पिडितले सुरक्षाको माग गरिरहेका छन् ।