ताकुकोट गोरखामा न्वागी महोत्सव हुँदै, चर्चित जन गायक जिबन शर्मा ,बल्छी धुर्बे सहित कलाकारको जम्काभेट र प्रस्तुति ,

मंसिर १ ,गोरखा – जिल्लाको ताकुकोटमा दोश्रो न्वागी महोत्सव हुने भएको छ। ,आउँदो मंसिर ७ र ८ गरि गोरखाको वारपाक सुलिकोट गाँउपालिका ६ मा न्वागी महोत्वस हुने रंग दर्पणलाई जानकारी भएको हो ।

कृषि ,पर्यटन ,र संस्कृति ,सम्रिद्द ताकुकोटको आधार भन्ने मूलनारा बोकेको यो महोत्सवमा गोरखा जिल्लाका विभिन्न उत्पादन जन्य वस्तु गोरखाको कला र संस्कृति भेष भुषालाई महोत्वसमा देखाईने छ।

महोत्सवमा नेपालकै ख्याति प्राप्त कलाकार जन गायक जिबन शर्मा तथा हास्य व्यंग्यकलाकार बल्छी धुर्बे मरिचमान श्रेष्ठ ,निर्देशक प्रकाश भट्ट ,सागर गुरुङ संजय गुरुङ ,सुनिता गुरुङ ,बेलिमाया गोर्खाली ,सुमित्रा लामा ,पृथिवी लामा ,हेमन्त आले लगायतका कलाकारको प्रस्तुति रहने छ ।

lekbesi

भने स्थानिय कलाकारहरुको पनि प्रस्तुति रहने छ। महोत्सवलाई सुलिकोट गाँउपालिका ,गोरखा ताकुकोट सेवा समाज ,श्री माईभगवति पुजा समितिलेले आयोजना गरेको हो।