सल्यान बनगाड ११ कि मृगौला पिडित बिष्णु टमटा २ वर्षबाट मृतुको सैयामा अस्पतालको बास कृपया सक्दो सहयोगको आसामा छौ ,

Naumule

मङ्सिर ११ ,सल्यान – मानिसको जिन्दगिमा सबैभन्दा ठुलो दुश्मन हो बिरामी  । ,जब दैबले पनि कोल्टे फेर्छ बाँच्न हजार गरेपनि मुस्किल हुन्छ ।

गरिबको बेथा कसले बुझिदिने हाम्रो देशका भिआईपि देखि सरकारी कार्यालमा नोकर गर्ने कार्यकर्ता सम्म टाउको दुख्दा विश्वका विभिन्न अस्पतालमा धाउने गर्दछन ।

तर गरिबको हालत कसले हेर्छ, कसले सुन्छ,भएको धन पैसा मात्र हैन घर घडेरी पनि सकियो अब बस्ने बास पनि छैन यो कथा र बेथा सल्यान बनगाड कुपिण्डे नगरपालिका ११ रैकर धारापानीका जयराम टमटाको हो , ।

जयरामको श्रीमती बिष्णु  टमटा मृगौला पिडित हुन् ३९ वर्षीय बिष्णुको उपचार गर्दा अहिले सम्म २ वर्ष भयो  । तर जयरामले सकेजति भएको घर घडेरी समेत बेचेर उपचार गरे अब भने अन्तिम अवस्थामा पुगे मृगौला पिडितका श्रीमान् जयराम टमटाले रंग दर्पणलाई बताए  ।

सके जति गरेको हु अब म अन्तिम रोडमा आए उनले भने  । नेपालगञ्ज मेडिकल कलेज, विवेकानान्द अस्पताल, भक्तपुर, काठमाण्डौ लगाएतका ठाँउमा उपचार गरिसके ।

अब भने भारतको अपोलो अस्पतालमा उपचार गर्नुपर्ने र पिडितको मृगौला ट्रान्सपलाण्ट गर्नसके बिरामी बचाउन सकिने टमटाले बताए , ।

जसको लागि ३० लाख आर्थिक आवस्यक अस्पतालले मागेको पिडितका श्रीमानले बताए ,अहिले सम्म भए भरको रकम र घर घडेरी सकियो ।

Gurvakot

अब कुनैपनि विकल्प छैन भावुक हुँदै जयरामले बताए । मृगौला प्रत्यारोपनका लागि डोनर तयार भएको तर आर्थिक आवस्थाले उपचार हुन नसकेको उनले बताए  ।

आ आफ्नो तरफबाट सके जति सहयोग गर्दीए, आफ्नो श्रीमतीलाई बचाउन सकिने जयरामले बताए  ।अहिले मृगौला पिडित बिष्णुको काठमान्डौको पुरानो बानेश्वर भेनस अस्पतालमा हप्ताको ४ पटक डाईलोसिस हुने गरेको छ।

अब आफै मर्छुहोला मेरो हिक्मतपनि सकियो र धन पैसा माग्ने ठाऊ पनि छैन ।  देश देखि विदेशबाट सम्पूर्णले यो समचार पढेपछि कृपया सक्दो सहयोगको आसा गरिएको छ  ।

,साथै बिष्णु टमटा बचाउ अभियानमा पनि नेपालबाट विभिन्न क्षेत्रबाट सहयोग उठाउने अभियान गरिएको छ  । जसको लागि हजुर हरुले सक्दो सहयोग गर्न चाहेमा निम्न खाता न .वा रकम जम्मा गर्न सक्नुहुने छ  ।

साथै सिधै नम्बरमा पनि सम्पर्क गर्नु होला धन्यवाद मृगौला पिडितका श्रीमान् जयराम टमटा लक्ष्मी बैंक सल्लीबजार साखा ०६९२००१९५५७ Acount no.

mobil no.986893562

,रंग दर्पण 9813312999

Bangad kupinde