काभ्रेबाट विभिन्न किसिमका बहुमुल्य पत्थर सहित ५ जना पक्राउ
मङ्सिर १३ ,काठमान्डौ – काभ्रेबाट विभिन्न किसिमका पत्तहरु देखाई करोडौको कारोबारी भन्दै हिड्ने समूहलाई काठमान्डौ महाअपराध शाखाको टोलीले पक्राउ गरेको छ ,।
पक्राउ परेमा काभ्रेपलान्चोक जिल्लाको पनौती एरियामा बस्ने नवराज खड्का ,विष्णु बहादुर खडका ,काभ्रे बेथानचोक गा.पा. वडा नं. ४ ,हरि खापुङ्ग जिल्ला झापा गौरादह न.पा. वडा नं. १ ,यम कुमारी गुरुङ ,जिल्ला झापा शिबसताक्षीधाम न.पा. वडा नं. ४,लोक बहादुर सार्की जिल्ला मोरङ बुढिगंगा गा.पा. वडा नं. ५,गंगा बहादुर सार्की ,भिम बहादुर लामा जिल्ला रौतहट चन्द्रपुर न.पा. वडा नं. १ को टोलीलाई ,शाखाको टोलीले पक्राउ गरेको हो ,।
उक्त समूह लगायतका व्यक्तिहरुले एक लाखको बिभिन्न पत्थरहरु गैरकानूनीरुपमा ओसारपसार गरी करोडौ मुल्य पर्ने भनि झूक्याई कारोवार गर्न लागेको भन्ने सुचना प्राप्त भयपछी माहाशाखाको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुलाई एक कोठामा बसेर समानको मूल्य रेट दर गरिरहेको बेला हिजो दिँउसो ४ बजे पक्राउ गरिएको महाशाखाको टोलीले बताएको हो
।
उनीहरुको साथ् बाट विभिन्न रङका मोजनाईट, काईनेटिक, ब्ल्याक स्टोन, ग्रिन डायमण्ड जस्तो देखिने पत्थर, एल.बि. डायमण्ड जस्तो पत्थर, फेन्सि डायमण्ड जस्तो देखिने स्टोन, पुष्पराजहरु, निलम, लसुनिया, रुबीहरु समेत गरी जम्मा ५,०६१.९९ क्यारेट र पहेलो धातुमा जडित औठी ८.९३ ग्राम शाखाको टोलीले प्राप्त गरेको छ।
पक्राउ परेका हरुलाई आवश्यक कारवाहीको लागि त्रिभुवन बिमानस्थल भन्सार कार्यालय, गौचर काठमाण्डौ पठाईएको छ ।