रास्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको फोटो जोड्ने ब्याक्ति कैलाली बाट पक्राउ ,

मङ्सिर १३ ,काठमान्डौ – रास्ट्रपति विद्या देवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो जोडेर भ्रमात्मक कुरा लेख्ने र गालि गर्ने ब्याक्तिलाई प्रहरीले कैलालीबाट पक्राउ गरेको छ ।
पक्राउ कैलालीका आकाश सिंह ठकुरी रहेका छन् उनले भण्डारी र प्रधनमन्त्रीको फोटो बिगारेर सामाजिक संजालमा राखेर अतिरन्जित फैलाउने गालि गलौज गर्ने गरेका थिए।

कैलाली घर भएका ठकुरीलाई जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ गरेर केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई बुझाएको हो ।

पक्राउ परेका ठकुरीलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको मुद्दामा कारबाही प्रक्रिया अगाडि बढाइएको सीआईबीले जनाएको छ ।
पक्राउ परेका ठकुरीले ‘राष्ट्रपति र प्रधानमन्त्रीको मानमर्दन हुने गरी अत्यन्त अमर्यादित, अशोभनीय खालका तस्विर सामाजिक सञ्जालमा पोष्ट गरेको’ सीआईबीका प्रमुख (डीआईजी) निरज शाहीले बताए।
