बाग्लुङ्गमा जिप दुर्घटना प्रचण्ड द्वारा दुख ब्यक्त ,पुराना सवारी साधनको प्रयोग र सवारी सञ्चालनमा देखिएको हेलचेक्राइले यस्ता घटना हुँदै आएका छन् ,
मङ्सिर १७ ,काठमान्डौ – बाग्लुङ्गमा जिप दुर्घटनामा परि १४ जनाको असामयिक निधन भएपछि नेकपा अध्यक्ष प्रचण्डले दुख ब्यक्त गरेका , ।
दुर्घटनामा परि ज्यान गुमाउने हरुमा हार्दिक श्रदान्जली साथै घाईतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै दाहाल प्रचण्डले भने ।
देशका विभिन्न स्थानमा हुने भयानक यस्ता घटनामा हजारौले अकालमा ज्यान हुमाउनु परेको छ ,।सडकको दूरावस्था, पुराना सवारी साधनको प्रयोग र सवारी सञ्चालनमा देखिएको हेलचेक्राइ समेतका कारण यस्ता घटना हुँदै आएका छन् ।
सवारी दुर्घटनालाई न्यूनीकरण गर्न आवश्यक पहलका लागि सम्बन्धित क्षेत्रको विशेष ध्यान जान जरुरी छ प्रचण्डले भने ।
साथै दुर्घटनामा निधन भएकाहरुका परिवारजनका लागि उचित क्षतिपुर्तिको माग समेत दाहालले गरेका छन् भने बेपत्ताको खोजि र घईतेहरुको नि :शुल्क स्वास्थ्यपचारको लागि सरकारसंग माग समेत गरेका छन्।
गुल्मी र बाग्लुङ जिल्लाको सिमानामा पर्ने बडीगाड गाउँपालिका–७ भिमगिठे नजिकै भएको सवारी दुर्घटनामा परी आज १४ जनाले अकालमा ज्यान गुमाएका छन्।
गुल्मीबाट कुल पूजाका लागि बागलुङको देवीस्थान आउँदै गरेको ग १ ज ५२१९ न .को जिप दुर्घटनामा परेको हो।