Gold

साग पुरुष क्रिकेट प्रतियोगिताको स्वर्ण पदकमा नेपालको ब्याड लक्,

Naumule Migrate

मङ्सिर २१ ,काठमान्डौ – १३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको पुरुष क्रिकेटमा बंगलादेशसँग नेपाल पराजित भएको छ ।

नेपाली रास्ट्रीय टोलि र बंगलादेशको २३ वर्षमुनिको टोलि संग क्रितिपुर त्रिवि मैदानमा शनिबार भएको खेलमा नेपाल ४४ रनले पराजित भएको हो ।

बंगलादेशले दिएको १५६ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १११ रनमासीमित भयो। नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४३ रन बनाएका थिए ।

उपकप्तान दीपेन्द्रसिंह ऐरीले १६ र अविनाश बोहोराले १३ रन बनाएका थिए तर अन्य खेलाडीले भने दोहोरो अंकमा रन जोड्न सकेनन्। बंगलादेशका खेलाडीले भने नेपालका ब्याट्सम्यान हरुलाई सजिलै आउट गर्न सफल भएका थिए

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५५ रन बनाएको थियो।बंगलादेशका लागि नजमुल हुसैन शान्टोले सर्वाधिक ७५ रन बनाए । त्यस्तै आफिफ हुसैनले २८ बलमा ५२ रन प्रहार गरेका थिए।

नेपालका पारस खड्काले ४ ओभर बलिङ गर्दै १५ रन खर्चेर ३ विकेट लिए भने दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए ।यो जितसँगै बंगलादेश साग अन्तर्गतको पुरुष क्रिकेटको फाइनल प्रवेश गरेको छ।

नेपाल भने हारेपछि साग पुरुष क्रिकेटको प्रतियोगिताको स्वर्ण पदकको प्रतिस्पर्धाबाट नेपाल बाहिरिएको छ।

 

Naumule Badhipahiro