भारत संग हारेपछि प्रसिक्षक हरि खडकाले दिए राजिनामा ,

मङ्सिर २३ ,पोखरा – नेपालि महिला फुटबल टिमका प्रसिक्षक प्रशिक्षक हरि खड्काले पदबाट राजीनामाको घोषणा गरेका छन् । १३ औँ साग अन्तर्गत सोमबार स्वर्णका लागि भारतसँग भएको फाइनल खेलमा २-० गोलले पराजित बनेपछि खड्काले राजीनामा घोषणा गरेका हुन् ।

सागमा आफुले सम्हालेको र परिचालन गरेको टिमले पराजय व्योहरेपछि राजीनामाको घोसना गरेका हुन् साथै तेस्को सम्पूर्ण जिम्मेवारी आफुले लिने भन्दै नैतिकताको आधारमा राजिनामा दिने निर्णय गरेका थिए।
प्रसिक्षक बाट राजिनामा दिएपनि फुटबलको कुनै न कुनै भूमिकामा रहने खडकाले बताए ।यसअघि लिग चरणको खेलमा पनि नेपाली महिला फुटबल टोली भारतसँग १-० गोलले हारेको थियो।खड्का प्रशिक्षक हुँदा नेपाल र भारतबीच ५ वटा खेल भएको थियो। जसमा ३ खेल भारतले र १ खेल नेपालले जितेको थियो भने १ बारबारीमा टुंगिएको थियो।
