मन्त्रिपरिषदका १७ निर्णय सार्वजानिक ,एशियाली विकास बैंकबाट ५ अर्ब ,६५ करोडको ऋण सहायता स्वीकार ,
मङ्सिर २६ ,काठमान्डौ – नेपाल सरकार मन्त्रिपरिषदले गरेका १७ निर्णय सञ्चारमन्त्रि गोकुल बास्कोटाले पत्रकार सम्मेलन गरि सार्बजानिक गरेका छन् ,।
मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गरि मन्त्री बाँस्कोटाले मंसिर २३ गते बसेको बैठकका निर्णयहरु सार्वजनिक गरेका हुन् ।
गत हप्ता बिहिबार भने पत्रकार सम्मेलन हुन सकेको थिएन साथै साप्ताहिक रुपमा हुने बिहिबार ४ बजे हुजे गरेको मन्त्रालयमा आयिजित पत्रार सम्मेलन अब ३ बजे हुने गरेको छ ,।
सरकारे गरेका विभिन्न १९ वटा निर्णयमा,
१.२०७६ पुस ४ गते शुक्रबार बेलुका ४ बजे संघिय संसदका दुवै सदनका अधिबेशन आबहन गर्न रास्ट्रपतिसमक्ष सिफारिस गर्ने ,
२ . युरोपेली लगानी बैंक बाट विधुतिय प्रणाली वितरणको लागि १२ अर्ब ५२ करोड ऋण स्वीकार गर्ने ,
३ .वाग्मती नाडी तटिय क्षेत्र सुधारको लागि एशियाली बैंकबाट प्राप्त हुने ७ अर्ब १२ करोड सहुलियत प्राविधिक अनुदान स्वीकार गर्ने ,
४ .मुग्लिङ्ग पोखरा सडक सुधारको लागि एशियाली विकास बैंकबाट २१ अर्ब ४५ करोड सहुलियत ऋण स्वीकार गर्ने ,
५.फुड सेफ्टी एग्रिकल्चारको लागि एशियाली विकास बैंकबाट प्राप्त हुने ५ अर्ब ६५ करोड ऋण स्वीकार ,
६ .रुलर इन्टरप्राईजेज फ़ाईनन्स प्रोजेक्टको लागि एशियाली विकास बैंकबाट ५ अर्ब ६५ करोड ऋण सहायता स्वीकार गर्ने
७ .प्रदेश सहयोग कार्यक्रमको प्रथम चरणको परियोजनाको लागि स्विस सरकार बाट प्राप्त हुने १ अर्ब रकम अनुदान स्वरुप स्वीकार ,
८ .२०७६ मङ्सिर २६ देखि पुष ४ सम्म भारतको नँयादिल्लीमा हुने ईलेक्त्रोनिक कार्गो ट्राकिंग सिस्टमको लागि अध्यन गर्न पाँच सदस्यीय प्रतिमनिधिमण्डल गठन ,
९ ,कृषि तथा पशुपन्क्षि विकास मन्त्रालय अन्तर्गत विषादी अवशेषका आठ राज्पत्रन्तिक अस्थायी दरबन्दी स्वीकृत ,
१० .रुपन्देहीबाट ह्गुतो विवरण गरि पेश गरिएको ना .प्र.न .३७२०६३/१५३५९ जमालुदीन धुनियाको नेपालि नागरिकता रद्द ,
११ .राष्ट्रिय विपद जोखिम न्यूनीकर तथा व्यवस्थापन प्राधिकारणको कार्यकारी प्रमुख पदमा अनिल पोख्रेल विराटनगर २ मोरङ्गलाई नियुक्ति ,
१२ .१९ जिल्लामा राजपत्रांकित प्रथम श्रेणी अधिकृतस्तरको प्रमुख जिल्ला अधिकारीको पद रहेकोमा प्रथम श्रेणी प्रसासन सेवा पदपूर्ति रहेकोमा हाललाई दितिय श्रेणी नेपाल प्रसासन सेवा सामान्य प्रसासन समूह को अधिकृत कर्मचारीलाई प्रमुख जिल्ला अधिकारिको रुपमा कामकाज गर्ने निर्णय तोकियो ,
१३ ,रास्ट्रीय सभा सदस्य रिक्त पदपूर्तिको लागि रास्ट्रीय सभा सदस्यको पद पूर्तिको लागि २०७६ माघ महिनाको ६ गते बिहीबारको दिन गर्ने र सो को सूचना नेपाल राजपत्रमा प्रकासित गरिने ,
१४ .संयुक्त रास्ट्रसंघ सुरक्षा परिषदको अस्थायी सदस्यमा सदस्य पदमा नेपालबाट उमेद्वारी पेश गर्न समर्थन जुटाउन पहल गर्न पररास्ट्र मन्त्रालयलाई निर्देशन ,
१५ ,नेपाल सरकारको नाममा रहेको रुपन्देही जिल्ला साबिकको फर्साटिकर गाविस वडा न,१ ख को किटा न ,३१ को ११ कठा ८ धुर जीला जिल्ला सामान्य समिति कार्यलय रुपन्देहीलाई ३० वर्ष सम्म निशुल्क लिजमा उपलब्ध गराउने ,
१६ ,सरकारी सार्वजानिक र गुठि जग्गा सरक्षन जाचबुझ समितिको म्याद थप छ महिना थप ,
१७ .मित्र संयुक्त राष्ट्र राज्य अमेरिकाबाट नेपालि सेनालाई सहयोग स्वरुप प्राप्त हुने २ वटा M28 skytruck Aircraftsग्रहण स्वीकृति ,