तराईमा शीतलहर बढेपछि निशुल्क चिया,संगै दाउरा वितरण गरियो ,

पुष ३ ,जनकपुर – केहि दिन यता हिमाली क्षेत्रका उच्च पहाडी लिल्ला हरुमा हिमपातले जनजीबन प्राभावित भयसंगै तरीका व्भिन्न क्षेत्रमा शितलहर सुरु भएको छ।

तेस्तै काठमान्डौमा अत्यधिक चिसो बढेको छ ,तेस्तै तराईका विभिन्न जिल्लामा गत मंगलबारदेखि जनकपुरधाम, वीरगन्ज, कलैया, गौर, मलंगवा, जलेश्वर, लहान र राजविराजलगायतमा बिहान बाक्लो हुस्सु लाग्ने गरेको छ ।

जसले गर्दा जनजीबन प्रभावित भएको छ जल तथा मौसम विज्ञान विभागले तराईका अधिकांश भूभाग हुस्सु, शीतलहर र कुहिरोले ढाकेको जनाएको छ ।

lekbesi

बिहीबार बिहान साढे ८ बजे जनकपुरको न्यूनतम तापक्रम ८.४ डिग्री मापन भएको छ । चिसोबाट जोगिन स्थानिहरु घर र चोकहरुमा आगो बाल्ने धुनी जगाउने र समुहमा जम्मा हुने गरेको देखिन्छ ।

बिहीबार यस वर्षकै सबभन्दा जाडो दिन मापन गरिएको जल तथा मौसम विज्ञान विभागको फिल्ड कार्यालय जनकपुरले जनाएको छ ।

सडक पेटी, रेल्वे स्टेसन तथा विभिन्न धर्मशालामा अव्यवस्थित रूपमा रात बिताउनेको झन् बिजोग देखिन्छ ।

चिसो ह्वात्त बढेपछि बजार ,स्कुल यातायातमा स्थानीय कम देखिने गरेका छन् ,पसल तथा उद्योगधन्धा, कलकारखानामा काम गर्ने मजदुर प्रभावित छन् ।

मौसम विभागका अनुसार यो शितलहरको प्रभाव केहिदिनलाई कायमनै रहने छ ,चिसोले जनकपुरबाट उड्ने र अवतरण गर्ने हवाई सेवा समेत प्रभावित छन् ।

,तराईमा चिसोबाट बच्न विभिन्न उपाए उपायबारे जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ।

भने जाडो प्रभावितलाई लक्षित गरी आगो बालेर धुनी लगाउने, कम्बल तथा न्यानो लुगा वितरण गर्ने योजना रेडक्रस सोसाइटी धनुषाका सभापति नरेशप्रसाद सिंहले बताए ।

अनियन्त्रित रूपमा धुनी लगाउँदा आगलागीको जोखिमतर्फ समेत सचेत हुनुपर्नेमा पनि स्थानिबासिलाई सचेत गराईएको छ।

किनकि गत वर्ष धनुषामा आगो ताप्दै गरेका २१ जना डढेर घाइते भएका थिए ।साथै यो बेलामा सवारी दुर्घटनाको जोखिम बढी हुने हुनाले ट्राफिक प्रहरीले चालकलाई हुस्सुले सडक ढाकेको बेला साबधानी भएर चलाउन समेत आग्र्ना गरेको छ।

बटुवालाई आगो ताप्न नागरिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत हजार किलो दाउराको व्यवस्था गरिएको छ ।

वीरगन्जमा आदर्शनगरको ग्रिनसिटी सामुदायिक संस्थाले बिहीबार सडकमा सर्वसाधारणलाई निःशुल्क चिया वितरण गरेको छ ।

अहिले तराईका विभिन्न जिल्ला अनि भित्रि बस्तिमा चिसो हावासँगै हुस्सु, कुहिरो र बादल लागेको छ भने बिहान तुसारो र चिसो सिरेटो लाग्ने गरेको छ ।