११२ जना चिनियाँ नागरिकलाई नेपालबाट निकाला गरिदै ,

पुस २१ ,काठमान्डौ – नेपाल र चीनको संयुक्त अपरेशन भनिएको कारबाहीमा पक्राउ परेका १२२ जना चिनियाँ नागरिकलाई अध्यागमन विभागको नियन्त्रणमा लिएको छ ।
उनीहरुलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले आइतबार अभद्र व्यवहार सम्बन्धी कसुरमा एक हजार रुपैयाँ धरौटी तिरेर छाड्न आदेश दिएको थियो ।
तर, काठमाडौं प्रहरी परिसर टेकुले आदेश लगत्तै अध्यागमनमा बुझाएको हो । अध्यागमन सम्बन्धी कानून उल्लंघन गरेकाले विभागको जिम्मा लगाइएको काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले बताए ।


सुवेदीका अनुसार पक्राउ परेका मध्ये ३० जनासँग मात्र पासपोर्ट छ । त्यसैले अन्य सबै अनाधिकृत रुपमा नेपाल बसेको ठहरिन्छ ।बाँकी चिनियाँ नागरिक पर्यटक भिसामा अन्य गतिविधि गर्नू अध्यागमन कानून विपरित रहेको सुवेदीको भनाइ छ ।
आजदेखि चिनियाँ नागरिकमाथिको थप प्रक्रिया सुरु हुनेपनि उनले बताए । नेपाल र चीनको संयुक्त अपरेशन भन्दै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुले ७ पुसमा १२२ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो ।
उनीहरुले नेपालमा बसेर अवैध गतिविधि गरिरहेको प्रहरी दाबी थियो । विभागले अनुसन्धानपछि १ सय २२ जनालाई देश निकाला गर्ने निर्णय गर्ने दाबी गरेको छ ।
