प्रधानमन्त्री ओलीले गराय सुन्दर चित्र आर्ट ,,

८ चैत ,-आज भयको ललितपुर सानेपामा तेस्रो अन्तराष्ट्रिय महिला उद्यमी व्यापार मेला २०७४ को उद्घाटन समारोहमा पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कलाकार प्रतिभा प्रदर्शन गरेका छन् । उद्घाटन समारोहको औपचारिक कार्यक्रम सकिएपछि आयोजकको आग्रह अनुसार ओली व्यापार मेलाको अवलोकन गर्न गयका थिय ।

प्रदर्शनीमा क्यानभास र त्यसको वरिपरि रंग राखिएको थियो। सञ्चारकर्मी एवम् कार्यक्रमकी प्रस्तोता मनीषा घिमिरेले व्यापार मेला अवलोकन गरिरहेका प्रधानमन्त्री ओलीलाई क्यानभाषमा केही लेखिदिन अनुरोध गरिन्। लगत्तै प्रधानमन्त्री ओलीले कुची समाएर क्यानभाष रंग्याउन थाले।

प्रधानमन्त्री ओलीले सुरुमा महिलाको कपाल बनाए। त्यो हेर्नेको भिड बढ्दै गयो। विस्तारै आँखा र अनुहारको आकार बनाए। कसैले सोचेका पनि थिएनन् तर, प्रधानमन्त्री ओलीले केही बेरमै महिला मुस्कुराइरहेको आकर्षक तस्बिर बनाए। ओलीको भाषण कलाको प्रशंसा गर्ने धेरै महिला उद्यमी ओलीको चित्रकला देखेर चकित परे।

lekbesi