गुर्भाकोट नगरकार्य समितिको पहलमा ५० प्रतिशतछुटमा बिरामीको लागि एमबुलेन्स सेवा सुरु ,

पुष २८ ,काठमान्डौ – कर्णाली प्रदेश सुर्खेत गुर्भाकोट नगरपालिकामा नेपालि कांग्रेस नगर कार्यसमितिको पहलमा एमबुलेनस सेवा सुरु हुने भएको छ ।

गत पुष ९ गते बसेको गरपालिकाको बैठकले गुर्भाकोट नगरपालिका भित्र रहेका संस्थामा उपचार हुननसकी विरेन्द्रनगर ,नेपालगंज रिफर गर्नपर्ने बिरामी ,सुत्केरी महिला ,जेस्ठ नागरिकलाई ५० प्रतिशत छुटमा एमबुलेनस सेवा सुरु गर्ने निर्णय गरेको हो। ,

गुर्भाकोट नगरपालिका मेयर उपमेयरको पहलमा गुर्भाकोटका विभिन्न वडाहरुमा जनस्तरीय काम भईरहेका छन् । नेपाली कांग्रेस गुर्भाकोट नगरकार्य समितिको पहलमा यो सेवा २४ घण्टा सुरु हुने छ ,।

जनताको लागि भनेर गुर्भाकोट नगरपालिकाले उक्त कार्य अगाडी बढाएपछि नेपालि कांग्रेस कार्यसमितिले हार्दिक कृतज्ञता समेत विज्ञप्ति जारि गरेको छ ।

गुमी स्वास्थ्यचौकीद्वारा संचालित एम्बुलेनसलाई गुर्भाकोट नगरपालिकाले उक्त स्वाको लागि सुरु गर्न लागेको हो ।