suekhet
bheriad

परवेज मुसरफलाई फाँसी दिने निर्णय उच्च अदालतले उल्उटाईदियो,

lekabesi

पुष २८ , एजेन्सी- पाकिस्तान पूर्वराष्ट्रपति तथा सैनिक शासक परवेज मुसर्रफलाई सुनाइएको मृत्युदण्ड फैसलामा अदाललते उल्टाईदिएको छ ।

उच्च अदालतको फूल बेन्चले मुसर्रफबारे विशेष अदालतको फैसलालाई गैरकानुनी भन्दै सोमबार उल्ट्याइदिएको हो ।

उक्त निर्णयसँगै उच्च अदालतले विशेष अदालत समेत भंग गरेको छ । मुसरर्फलाई त्यहाँको विशेष अदालतले केही वर्षअघि संकटकाल लगाएको आरोपमा डिसेम्बर १७ मृत्युदण्डको सजाय सुनाएको थियो ।

लाहोर उच्च अदालतले पूर्वराष्ट्रपति मुसरर्फको सजाय माफ गरेको फैसला सुनाउँदै भनेको छ, मुसरर्फका विरुद्ध दर्ता भएको रिट गैरकानुनी र अवैधानिक छ ।

त्यसकारण उच्च अदालतले विशेष अदालतको फैसला उल्टाएको छ र विशेष अदालत समेत भंग गरेको छ । ’

मुसरर्फका पक्षबाट एक अधिवक्ताले विशेष अदालतको मृत्युदण्डको सजायका विरुद्धमा उच्च अदालतमा रिट दायर गरेका थिए ।