suekhet
bheriad

थारु समुदायले पत्त्याएको पल शाह र वर्षा राउतको जोडि,झन चर्चा बटुल्दै(भिडियो)

lekabesi

माघ ३ ,काठमान्डौ – एस थ्री के इन्टरटेनमेन्टको प्रस्तुति तथा एस थ्री के इन्टरटेनमेन्ट को सहयोगमा निर्माण भएको यो म्युजिक भिडियोमा केही समयदेखि लगातार सुपरहिट नेपाली म्युजिक भिडियोहरुमा अभिनय गरेर व्यापक चर्चामा रहेका नायक पल शाह र नायिका वर्षा राउतले आज सार्वजनिक भएको थारु गीत “पहाडी बठिनिया” मा अभिनय गरेका छन् ।

म्युजिक युट्युवमा अपलोड गरेको छोटो समयमै युट्युवको २० नम्बर ट्रेण्डिङमा पर्न सफल भएको छ । पछील्लो समय पल शाहले अभिनय गरेका हरेक म्युजिक भिडियो ट्रेण्डिङमा आउने गरेका छन् ।

ट्रेण्डिङ २० सम्म आईपुग्दा सम्म झन्डै २ लाखको नजिक भिउज पुगेको छ । गीत सार्वजनिक भएसँगै दर्शकले निकै रुचाएको र म्युजिक भिडियो मनपराएका छन् । गितमा गायक नरेश जोगी र गायिका कामना प्रसाईको स्वर रहेको छ ।

नरेश जोगि कै शब्द र संगीत रहेको यो गीतको भिडियो निर्देशन विक्रम चौहानले गरेका छन् । अर्जुन तिवारीले खिचेको गीतको म्युजिक भिडियो सम्पादन भने मिलन बिकले गरेका छन ।

गीतमा पहाडी युवती र तराईमा बसोबास गर्ने थारु समुदायका केटा बीचको माया प्रेम यस भिडियोमा देखाउन खोजिएको छ ।

एस थ्री के इन्टरटेनमेन्टको अफिसियल युटुब मार्फत यो भिडियो आज सार्बजनिक भएको छ । म्युजिक भिडियो सार्वजनिक भए पछी गीतको चौतर्फी चर्चा चलेको छ ।
चक्र साउद आर.सी.काठमाडौं,

हेर्नुहोस भिडियो :