कैलालीमा फेरी ट्रकले लियो एक जनाको ज्यान ,

माघ ६ ,कलाली – कैलालीको लम्किचुहा नगरपालिका २ गणेशपुरमा ट्रक र मोटरसाईकल एक आपसमा ठोक्कीदा एकजनाको ज्यान गएको छ ।

ट्रकको ठक्करबाट कैलालीको लम्किचुहा नगरपालिका बावानपुरक ३६ वर्षीय रत्न बिकको मृतु भएको हो ।

,पुर्वबाट पश्चिमतिर जाँदै गरेको ना २ क ४५८ नम्बरको ट्रक र प्रदेश नम्बर २ (०३००४ प ९६११ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा रत्न गम्भीर घाईते भएका थिए ।

lekbesi

,उनलाई लम्की स्थित लालरत्न अस्पतालमा उपचार गराउदै गर्दा उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता दक्ष कुमार बस्नेतले जानकारी दिए।

ट्रक चालक चेत सिह साउदलाई लम्की प्रहरीले नियन्त्रणमा लिएको छ ।,घटना स्थलमा स्थानिय वासीले सडकमा आगजनी गरेका छन् ।,