Gold

सुनिता दुलाल आस्थाको विषयमा भन्छिन छोरी कुटेर बुहारी तह लगाउने काम नगर्नुस्,के अब बोल्न नपाउने हो ?

Naumule Migrate

माघ ७ ,काठमान्डौ – गायिका सुनिता दुलालले नागरिकले के बा बोल्नै नपाउने हो त भनेर प्रश्न गरेकी छिन ?

,हाम्रो देश लोक्तान्त्रितिक मुलुक हो जसमा नागरिकलाई बोल्न पाउने स्वतन्त्र छ नागरिकको आवाजलाई कसैले कुण्ठित बनाउन नहुनेमा सुनिता बताउछिन ।

,आस्था रावतको विषयमा उनि भन्छिन ,गल्ति मानिसबाटनै हुन्छ र मानिस बाटनै हुने हो ।

,सबैको स्वभाव एउटै हुदैन कसले अत्याचार सहन्छ भने कसैले तेस्को विरुद्दमा खरो उत्रने स्वभाव हुन्छ रिसको आवेगमा मा पनि बोल्छु जनताले बोल्न पाउने अधिकार सबैको छ ।

,मान्छे मारेको त होइन नि ,रिसको आवेगमा बोल्दा आस्था रावतले केहि शब्द चयनमा गलत भएकै हो तर पनि उनले माफी मागीसकेकी छिन ।

गल्ति बोल्दैमा गायिका आस्थामाथि प्रहरीले अपराधी जस्तो चित्रण गरि पक्राउ पुर्जी जारि गर्नु गलत र निन्दनीय भएको पनि उनले बताईन।

,गल्ति दुवैबाट भएको हो ,बोल्ननै नपाउने भएत् फेरी निरङ्कुश शाहसं लागु हुने हो त ,छानबिन दुबैको हुन पर्ने हुन्छ ,।

सानो तिनो कुरालाई गल्ति पहिल्याई पछि लाग्नु भन्दा ठूला ठूला अपराधिक काम गर्नेलाई कार्बाहीको दायरामा ल्याउनुस छोरी कुटेर बुहारी तह लगाउने काम नगर्नुस्।

न्याय नपायका,भौतारियका, लुटियका, ठगियका ति जनताको सेवामा लाग्नुस।देशका आशालाग्दा ठूला ठूला नेता ज्यू हरूले पनि अन्तरबार्ता दिने क्रममा स्टूडियो भित्रै पत्रकार र जनता माथी धेरै अपमानजनक शब्द बोल्दा खोई त पक्राउ पूर्जी उनले भनेकी छिन ?

कानुन सबैको लागी बनेको होईन र ? अन्याय र अत्याचार बिरूद्द बोल्ने पाउने अधिकार छ बाध्य भयर लेख्न मन लाग्यो।

जस्ले जे टिकाटिप्पणि गरे पनि साधारण आबेशमा भयको गल्तिमा यो सम्मको निर्णय गर्नु आपत्तिजनक छ।

म आस्था राउत साथमा छु भन्दै सुनिताले सामाजिक संजालमा लेखिकी छिन ।

,तेस्तै हिजोमात्र गायक प्रमोद खरेलले पनि आस्थाको विषयमा बोलेका थिए ,उनले भनेका थिए ।,कलाकारको विषयमा बोल्ने किने पनि संघ संथा रहेनछ ।

 

,तेस्तै दिपक राज गिरिले पनि आस्थाको सपोर्टमा अतिप्पानी गरेका छन् गल्ति सबैबाट हुन्छ यसमा गल्ति दुवैको हो मिलेर जानुपर्छ ,।

यता भने विहीबार काठमाडौंबाट भद्रपुर जाने क्रममा त्रिभुवन विमानस्थलमा सुरक्षा जाँचका क्रममा आस्था र प्रहरीबीच भएको विवादमा प्रहरीले आस्थाको गल्ती देखाउँदै पक्राउ पुर्जी जारी गरेको छ ।

सीसीटीभी फुटेजमा आस्थाको गल्ती देखिएको भन्दै प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ ।

सुरक्षा जाँचका क्रममा आफूलाई प्रहरी जवान रमिता श्रेष्ठबाट अभद्र ब्यबाहार भएको भन्दै आस्थाले फेसबुकमार्फत आक्रोसको लाईभ भिडियो सार्वजानिक गरिन।

तेस्तै आफु डिउटिमा अरहेको बेलामा आस्थाले आफुमाथि अभद्र व्यबहार गरेको भन्दै आस्था विरुद्द उजुरी दिईन र प्रहरीले पक्राउ पुर्जी जारि गर्यो ,।

Naumule Badhipahiro