Gold

सभामुखमा अग्निसापकोटाको उमेद्वारी दर्ता ,

Naumule Migrate

माघ ७ ,काठमान्डौ – प्रतिनिधिसभाको सभामुख पदमा अग्निसापकोटाले उमेद्वारी दर्ता गरेका छन्।

,मंगलबार संसद सचिवालय पुगेर सापकोटाले सभामुख पदकालागि उमेद्वारी दर्ता गरेका हुन् ।

सापकोटाको प्रस्तावकमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र समर्थकमा नेता देव गुरुङ,ओनसरी घर्ती र राजपाका लक्ष्मणलाल कर्ण रहेका छन् ।

उम्मेदवारी दर्तालगत्तै संक्षिप्त प्रतिक्रिया दिँदै सापकोटाले जननिर्वाचित संस्थालाई थप गरिमामय बनाउन भूमिका खेल्ने बताए ।

तेस्तै सभामुखपदको लागि कांग्रेसले उमेद्वारी नदिने बताएको छ,। यो संगै सभामुख पदमा सापकोटाको एकल उमेद्वारी हुने भएको छ,।

नेकपाको आइतबार बसेको सचिवालय बैठकले सापकोटालाई उमेद्वारी बनाउने निर्णय गरेको थियो ,।

 

Naumule Badhipahiro