देउवा पौडेल बीच सानेपामा छलफल ,

माघ ८ ,काठमान्डौ – नेपालि कांग्रेस भित्र भएको पार्टी विवाद सुल्झाउन नेपाली काँग्रेसका शीर्ष नेताहरुबीच छलफल भएको छ ।
बुधबार सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का र पूवमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाबीच पार्टीभित्र देखिएको विवाद समाधान गर्ने विषयमा छलफल भएको हो ।
देउवा निवास बुढानिलकण्ठमा पार्टी भित्रको विवादको विषयमा छलफल भएको नेपालि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए ।

नेपाली कांग्रेस पार्टी भित्र अहिले अहिले ठुलो द्वन्द देखिएको छ ,जसको विषयमा देउवा र पौडेलबीच गुट उपगुट चलिरहेको छ ।आज अपराह्न ४ बजेदेखि ७ बजेसम्म नेताहरुबीच छलफल भएको थियो ।

रक्तचाप नियन्त्रणमा आएको भन्दै पौडेलले भारतस्थित दिल्लामा भएको राजनीतिक भेटघाटबारे कुरा सुनाएका थिए ।
पुस २९ गते उपचारको लागि भारत उडेका नेता पौडेलले भाजपा नेता एवं रक्षामन्त्री राजनाथ सिंहलगायतसँग भेटवार्ता समेत गरेका थिए ।
पौडेलले भारतमा नेता हरुसंग भएको भेटघाटको विषयामा देउवालाई सुनाएका थिए उक्त छलफलपछि आगामी शुक्रबार बिहानै ९ बजे पुनः बैठक बसेर विवाद टुंग्याउने सहमतिसहित नेताहरु बाहिरिएको पौडेलको भनाइ छ ।
नेवि सङ्घको गठन, तरुण दलको कार्यकाल बढाएर समितिलाई पूर्णता दिने देखि पार्टीका विभागहरुको सङ्ख्या तथा गठन लगायतका विषयमा सहमतिबाट अगाडि बढ्ने विषयमा छलफल भएको उपभिापति विमलेन्द्र निधिले बताएका थिए ।
