surkhet

अस्ट्रेलियाको डढेलो नियन्त्रण हुनसकेन आपतकालीन घोषणा ,

surkhet

माघ १७ ,सिडनी – गत सेप्टेम्बरमा अस्ट्रेलियाको क्यानबेरामा बढ्दो डढेलो नियन्त्रणमा नआएपछि आपतकालीन घोषणा गरिएको छ।

अस्ट्रेलियाका अधिकारीहरूले राजधानी सहर क्यानबेरा र वरपरका क्षेत्रमा लागेको डढेलो नियन्त्रण बाहिर भएपछि शुक्रबार आपतकालीन घोषणा गरेका हुन्।

अधिकारीका अनुसार अनियन्त्रित डढेलो १८५ स्क्वायर किलोमिटरसम्म फैलिसकेको छ।क्यानबेराका मुख्यमन्त्री एन्ड्रिउ बार्रलेका अनुसार सन् २००३ मा लागेको डढेलोपछि पहिलो पटक आपतकालीन घोषणा गरेको उनले बताए।

Dailekh

अधिकारीहरूका अनुसार आपतकालीन अवस्था ७२ घण्टा सम्म हुने र सो समय भित्र सहर खाली गर्न, सडक बन्द गर्न अधिकार दिइएको रोयटर्सले जनाएको छ।

Gorkha

डढेलोले ३३ जनाको ज्यान गइसकेको छ भने ५० करोडभन्दा बढी पशुपंक्षीको मृत्यु भइसकेको बताइएको छ।तेस्तै आगोले २५ सय घर नष्ट भइसकेका छन्।

अहिलेसम्मकै बढी तापक्रम, लामो खडेरी र शक्तिशाली हुरीबतासको संयोजनले यसपालि अष्ट्रेलियामा आगोको विध्वंश बढेको हो। अष्ट्रेलियाको तापक्रम ४१.९ डिग्री सेल्सियस मापन भयको छ जब कि यो आजसमकै हाई तापक्रम हो।

आगलागीबाट देशको बाँकी भू-भागसँग सम्बन्ध टुटेका सहरका वासिन्दालाई पानी, खाना र इन्धन पुर्‍याउन सैनिक पानीजहाज र विमान परिचालन भएका छन्।

आगो निभाउने क्रममा अमेरिकी एयरक्राफ्ट जहाज दुर्घटना भएर ३ जनाको ज्यान समेत गएको छ ,अष्ट्रेलियामा पानीको हाहाकार देखिएको छ ,पानि बढी पीएपछि हजारौ उँटलाई गोलि हानि मारीएको छ।

,बिसौ हजार अग्नि नियन्त्रक आगो निभाउन खटिएपनि आगो नियन्त्रणमा आउन सकेको छैन ।आगो बढ्दै गएपछि अष्ट्रेलियाले सेना परिचालन गरेको छ भने आफ्ना मित्र राष्ट्रहरूसँग सहायता मागेको छ।

salyan