चीनबाट नेपालि फिर्ता ल्याए कोरोनाको महामारीनै होला भन्ने डर ,
माघ १८ ,काठमान्डौ – सरकारले चीनको हुबेइ प्रान्तको वुहानमा रहेका नेपाली नागरिकलाई स्वदेश ल्याउने तयारी गरिरहेको छ ।
तर, उनीहरुलाई ल्याएर राख्ने ठाउँ नहुँदा उद्धारमा ढिलाइ भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
शनिबार बसेको मन्त्रिपरिषद् बैठकले चीनको वुहानमा रहेका नेपाली नागरिकलाई फिर्ता ल्याउने निर्णय गरेको थियो ।
उनीहरुलाई नेपाल ल्याउन बेइजिङस्थित नेपाली दूतावासले आइतबार बिहानसम्म आफ्नो विवरणसहितको फाराम भर्ने सूचना जारी गरेको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चीनको वुहानमा अहिले १७७ जना नेपाली विद्यार्थी छन् ।
तर, उनीहरुलाई नेपाल ल्याउने तयारी पूरा गरेको सरकारले बताए पनि ल्याएर कहाँ राख्ने भन्ने अन्योल छ ।
त्यस्तै,चीनस्थित नेपाली राजदूतावासका अनुसार आइतबार बिहान ९ बजेसम्म १ सय ७७ जना नेपालीले स्वदेश फर्कन आवेदन दिएका छन् ।
चीनबाट फैलिइरहेको कोरोना भाइरसबाट फिलिपिन्समा पनि एकजनाको मृत्यु भएको छ ।
तेस्तै चीनमा कति नपाली कोरोना भाइरसबाट संक्रमित छन् भन्ने एकिन डाटा छैन ,यो भन्दा पहिले तिन जना नेपालीमा कोरोना भाईरस फेला परेको थियो ।
चीनबाट नपाली फिर्ता ल्याउदा थप नेपालमा कोरोनाको महामारीनै फैलिने त कतै होइन भन्ने पनि संका उपसंका छ ,।
वास्तवमा सत्यपनि तेही हो ।किन कि नेपालमा कोरोना भाईरसबाट संक्रमित रहेका ब्याक्तिलाई चेकअप गर्ने प्रभावकारी उपकर तेती छैन ।
शुक्रराज ट्रपिकलमा उक्त भाईरसको लागि जाँच गर्ने किड्स सिमित मात्रामा राखीएको एक चिकित्सकले बताए ।
,चीनबाट नपाली फिर्ता ल्याउनु भन्दा पहिले उनीहरुलाई अब्सने छुट्टै बास्थान चेक गर्ने उपकरणको मात्र प्रभावकारी हुनुपर्छ ।अन्यथा नेपालमा कोरोना भाईरस को संक्रमण पनि चीनजस्तै नहोला भन सकिन्न उनले भने ।
कोरोना भाईरसबाट चीनमा मृतुहुनेको संख्या ३०४ पुगेको छ भने १६ हजार भन्दा माथिमा कोरोना भाईरसको संक्रमण देखिएको छ ।