surkhet

खाना पकाउने ग्याँसको मूल्य बढ्यो पेट्रोल, डिजेलमा घट्यो ,

surkhet

माघ २१ ,काठमान्डौ – नेपाल आयल निगमले खान पकाउने ग्याँसको मूल्य बढेको बताएको छ ।

एलपी ग्यासको मूल्य वृद्धि बढेको भन्दै निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी ग्याँसमा प्रतिसिलिन्डर रु २५ ले वृद्धि गरेको हो।

यससँगै ग्याँसको मूल्य प्रतिसिलिन्डर रु एक हजार ३ सय ७५ पुगेको छ। यसैगरी निगमले पेट्रोल, डिजेल तथा मट्टीतेलको मूल्यमा प्रतिलिटर रु १ घटाएको छ।

Dailekh

समायोजनसँगै पेट्रोलको मूल्य प्रतिलिटर रु १०९ तथा डिजेल र मट्टितेलको मूल्य प्रतितलिटर रु ९९ कायम गरिएको निगमले जनाएको छ।

Gorkha

निगमले हवाई इन्धनको मूल्य भने यथावत नै राखेको छ।निगमले ‘पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि, २०७१’ अनुसार प्रत्येक १५÷१५ दिनमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आएको छ।

भारतीय आयल निगमले प्रत्येक अङ्ग्रेजी महिनाको १ र १६ तारिखमा पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाउँदै आएको छ।

पेट्रोलियम पदार्थको खरिद मूल्य केही घटेर आएकाले मूल्य समायोजन गरिएको निगमका प्रवक्ता वीरेन्द्रकुमार गोइतले जानकारी दिए ।

यो संगै मूल्य समायोजन भएपछि भारतमा भन्दा नेपालमा ईन्धन मूल्य सस्तो भएको छ ।

salyan