विवेकशील पार्टीका नेता सहित ११ कार्यकर्ता पक्राउ,

माघ २५ ,काठमान्डौ – विवेकशील नेपाली दलका रञ्जु दर्शनासहित ११ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

बालुवाटारस्थित ललितानिवास अगाडि ‘भ्रष्टचारीलाई रेड कार्ड’ अभियान सञ्चालन गर्न पुगेका उनीहरुलाई प्रहरीले शनिबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमाहरुमा विवेकशीलका दर्शनासहित संगीता बाटाजु, आलोक सुबेदी, वृतान्त खनाल, शशिविक्रम कार्की, प्रमेश श्रेष्ठ, शिशिर राई, मनिष खनाल, प्रदीप ज्ञवाली, साधना थुलुङ राई र रजीया बानु रहेको दलका उपाध्यक्ष अजीता राईले जानकारी गराईन ।

उपाध्यक्ष राईले एक प्रेस विज्ञप्ती जारी गर्दै पक्राउ परेका आफ्ना नेता तथा कार्यकर्तालाई तत्काल रिहा गर्न माग समेत गरेकी छन् ।

ललिता निवास जग्गा प्रकरणमा अख्तियारले १७५ जनामाथि मुद्दा दाएर गरेको छ ।

वालुवाटारको जग्गा प्रकरणमा संलग्न रहेकाहरुलाई मुद्दा लगाउने तथा नलगाउने निर्णयमा पक्षधरता देखाएकोले अख्तियार दुरुपयोग अनुसन्धान ध्यानाकर्षण गराउन बालुवाटार पुगेका विवेकशील नेपालि दलका नेता कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपालि कांग्रेस उपसभापति विजयी गच्छदारलाई पनि ९ करोड भन्दा माथिको बिगो दाबि सहित अख्तियारले मुद्दा दाएर गरेको छ ।

रकारले राजनीतिक पूर्वाग्रह गरेर आफ्ना नेतालाई फसाएको भन्दै कांग्रेसले हिजो देखि विरोध गरेको छ भने भोलि पनि विरोध प्रदर्शन गर्ने जनाएको छ ।