प्रहरीलेनै चोरे सुन ,सिसि क्यामेरामा भेटियो सबुत ,,
१३ चैत, काठमाडौं – गस्तीमा खटिएका टोलीनै सुन चोरमा पक्राउ परेका छन् ,पक्राउ पर्नेमा प्रहरी हवल्दार विश्वराज कुसुवा र प्रहरी जवान विष्णुबहादुर आले रहेको जानकारी हुन आयको छ । काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उनीहरुले सुन लुटपाट गरेको सुराकी पाएपछि वृत्तलाई खबर गरेको थियो । सीसी टिभीको फ़ोटेज्को आधारमा उनीहरुलाई पक्राउ गरियको हो उनीहरुले सुनका दुई ओटा बाला चोरेका थिय उनीहरुलाई सुराकीको आधारमा उनीहरुलाई सोमबार गौशाला बृत्तले पक्राउ गरी परिसरमा बुझाएको छ ।
पीडितले आफ्ना एक जना नजिकका व्यक्तिलाई सुन लुटिएको बताएपछि उनी काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध महाशाखासम्म पुगेका थिए’ ‘त्यसपछि वृत्तले बयान र सोधपुछ अघि बढाएको थियो ।’वृत्तले दुवै जनालाई जागिरबाटै बरखास्त गर्न परिसर समक्ष सिफारिस गरेको स्रोतको भनाइ छ ।
आज भोलि काठमान्डौमा सुन्तस्करि बढ्दो क्रममा देखिन थालेको प्रहरीले जानकारी दियको छ, केहि दिन अगाडी मात्रपनि दुवै बाट फर्कियाका ४ जनालाई सुन्तस्करिमा पक्राउ गरेको थियो। चोरी गर्ने हरु सुराकीको आधारमा पक्राउ परे पनि यसको मुख्य ब्याक्ति भने फेला परेको छैन यो सम्बन्धि प्रहरीले खोजि तलास गरिरहेको छ।