चीनमा रहेका नेपालीलाई फिर्ता ल्याउने तयारि पुरा जनतामा भने त्रास ,

Naumule

माघ २८ ,काठमान्डौ – चीनको वुहानमा रहेका नेपालीलाई नेपाल फिर्ता ल्याउने तयारि पुरा भएको स्वस्थ्यमंत्रालयले बताएको छ।

चीनमा अहिले कोरोना भाईरसको महामारी छ ।कोरोना भाईरसले ग्रसित चीनको प्रान्त हुबेईको वुहानमा क्षेत्रबात नेपालि फिर्ता ल्याउन लागेको र तेस्को लागि नेपालमा पूर्ण रुपमा तयारी पुरा भएको स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले बताएका छन् ।

मंगलबार बसेको संसदीय समिति बैठकलाई १ सय ९९ बेडसहितको क्वारेन्टाइनको व्यवस्था गरिएको मन्त्रि ढकालले जानकारी दिएका हुन्।

भक्तपुरको खरिपाटीमा चारवटा ब्लकमा १ सय ९९ बेड तयार गरिएको उनले बताएका हुन्

तेस्तै महिलाका लागि मात्रै एउटा छुट्टै ब्लकमा २५ बेड तयार भएको र कुनै व्यक्तिमा तत्काल संक्रमण देखिएको अवस्थामा राख्ने क्वारेन्टाइनमा समस्या नहुने मन्त्रि ढकाले बताए ।

चीनमा रहेका नेपालिलाई लिन जाने नर्स ,डाक्टर ,पाईलटहरुलाई समेत १४ दिन क्वारेन्टाइनमा राखिने र तेस्को लागि सबै तयारि पुरा सम्पनन भईसकेको समेत मन्त्रि ढकालले बताए ।

Gurvakot

तेस्तै चीनमा रहेका कुन नेपालीमा संक्रमण देखिए नेपाल नल्याउने र तेही उपचार गरिने पनि उनले बताए ।चीनमा १८० जना नेपालि छन् ,उनीहरुलाई नेपाल ल्याउने सरकारले तयारि गरेको हो ल्याएपछि १४ दिन नियमित परिक्षण गरिने ढकालले बताए बताए।

 

क्वारेन्टाइन परीक्षणका क्रममा कुनै व्यक्तिमा संक्रमणको लक्षण देखिएमा तत्काल राख्नका लागि विभिन्न अस्पतालमा ४३ वटा आइसोलेसन बेडको व्यवस्था गरिएको उल्लेख गरे।

त्यसका लागि २४ घण्टा नै एम्बुलेन्स र आइसोलेसन बेड उपलब्ध रहेको उनले जानकारी दिए।मन्त्री ढकालले सबै अस्पतालका प्रतिनिधिलाई बोलाएर आ—आफ्नो अस्पतालमा आइसोलेसनसहितको ठाउँ छुट्याउनुपर्ने र कुनै व्यक्तिमा आशंका देखिएमा अर्को अस्पताल रिफर नगरी त्यहीँ राखेर उपचार गर्नुपर्ने प्रबन्ध मिलाउन निर्देशन दिइएको पनि जानकारी दिए।

तर चीनमा रहेका नेपालीलाई नेपालमा अल्याउदा चीनमा जस्तै फैलीएको कोरोनाको महामारी कतै नेपालमा पनि फैलिने त होइन भन्ने आम नेपालि मानिसमा संका छ ।

किनकि नोवेल कोरोना जिव ,जनावरबाट ब्याक्तिमा हुँदै अर्को ब्याक्तिमा तत्काल सर्ने गरेको देखिन्छ ।कोरोनाबाट हाल सम्म ४० हजार भन्दा बढीमा संक्रमण देखिएको छ ।

चीनमा कोरोना बाट मर्नेको संख्यामा पनि हाल सम्म ९ सय माथिले ज्यान गुनाईसकेका छन् भने ६ हजार ५ सयको अवस्था गम्भीर रहेको विश्व स्वास्थ्य संगठन डब्लुएचओले पुस्टि गरेको छ ।

Bangad kupinde