Gold

गगनथापाले संसदमा नेकपालाई श्रीस्वस्थानीको कथाबाट झटारो सभामुख हेरेको हेरेई

ललिता निवास जग्गा प्रकरण ,

Naumule Migrate

फागुन ६ ,काठमान्डौ – वालुवाटार ललिता निवास जग्गा प्रकरणमा नेपालि कांग्रेसका नेता गगनथापाले संसद वैठकमा व्यंग्यशैलीमा श्रीस्वस्थानी बाचनशैलीमा नेकपालाई छेडखानी गरेका छन् ।

जग्गा प्रकरणमा अख्तियारले नेकपामा महासचिव विष्णु पौडेललाई बचाएको भन्दै श्रीस्वस्थानी बाचन शैलीमा व्याङग्य गरेका हुन् ।

संसदको मंगलबार बैठकमा बोल्दै गगनथापाले भने कुमारजी आज्ञा गर्नुहुन्छ हे विष्णुमुनि अब उप्रान्त कसैको चोरीको सामान किन्दा सकेसम्म कसैलाई थाहा नहुने गरी किन्नु।

थाहा पाइहाले होइन होइन भन्नु। चित्त बुझाउन नसकेर अफ्ठेरो पर्न गए हत्तपत्त फर्काउनु र दुईपटक विष्णु विष्णु भन्नु।

त्यसमा पनि लोकले चित्त बुझाएनन् भने गोकुलधाममा खड्‍ग उचाल्नु र चारपटक विष्णु विष्णु भन्नु। त्यसको प्रभावले तिम्रो हाम्रो अनुहारमा लागेको दाग लोकले देखे पनि देख्नु पर्नेले देख्ने छैनन्।

इति श्री अख्तियार पुराणे कुमार विष्णु सम्वादे श्री स्वास्थानी व्रत कथाय बालुवाटार प्रकरण वर्णनम प्रथम अध्याय नमो नम:

Naumule Badhipahiro