कांग्रेस सभापति देउवाले देखाए आफ्नो पावर पौडेलको केहि जवाफ आएन ,

फागुन १७ ,काठमान्डौ – नेपालि कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका १३ विभाग गठन गरेका छन् ।

कांग्रेस वरिस्ठ नेता रामचन्द्र पौडेलले आफ्नो पक्षको नाम दिन अस्वीकार गरेपछि देउवाले एकलौटीरुपमा विभाग गठन गरेका हुन् ।

देउवाले संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठ बनेका छन् भने प्रवक्ता विश्वप्रकाश शर्मा सूचना, सञ्चार तथा प्रचार विभागको प्रमुख तोकिएका छन् ।

यस्तै रमेश रिजालले संघीय मामिला, तथा प्रदेश समन्वय विभाग, फरमुल्लाह मन्सुरलाई मुस्लिम, अर्जुनप्रसादजोशीलाई स्थानीय तह समन्वय विभाग र आनन्दप्रसाद ढुंगानालाई वित्तिय तथा सहकारी संस्था समन्वय विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।

यस्तै अजय चौरसिया तराई मधेस, शंकर भण्डारी तरुण, सीता गुरुङ अदिवासी जनजाति, गोविन्द भट्टराई नेपाल जनसम्पर्क, चिनकाजी श्रेष्ठ उद्योग ब्यापार र शिवप्रसाद हुमागाइँ श्रमिक तथा ट्रेड युनियन विभागको प्रमुख तोकिएका छन् ।

यस्तै देउवाले ५ नेतालाई केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्यमा मनोनित गरेका छन् ।

दाङका कृष्णकिशोर घिमिरे, झापाका गोपालकुमरा बस्नेत र सुधीरकुमार शिवाकोटी, धनकुटाका मनोहर नारायण श्रेष्ठ र तनहुँका ध्रुव वाग्लेलाई आमन्त्रित सदस्य मनोनित गरिएको कांग्रेसले जनाएको छ ।

शुक्रबार देउवाले रामचन्द्र पौडेललाई फोन गरेर विभाग गठनको तयारीमा रहेकाले विभागमा राख्‍ने नेताहरुको नाम दिन आग्रह गरेका थिए।

तर पौडेलले विभागमा नाम दिननसक्ने जानकारी गराउदै महाधिवेशनमा लाग्न आग्रह गरेका थिए ।

प्रवक्ता विश्वप्रकाश शर्माले नेता पौडेलसँग नाम माग्दा नदिएपछि सभापतिले आफ्‍नो अधिकार प्रयोग गरेर विभाग गठन गरेको जानकारी दिए।