माक्स लुकाउनेलाई २ लाख जरिवाना गरियो ,

फागुन २१ ,काठमान्डौ – विश्वभरिनै कोरोना भाईरसको संक्रमण बढेपछि नेपालमा पनि यसको त्रास बढिरहेको छ ।

कोरोनाको त्रास बढेपछि नेपालमा माक्स लुकाउने समेत गरिएको गुनासो बढेपछि नेपाल सरकारले कारवाही अगाडी बढाएको छ ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता सन्रक्षन विभागले बजारमा माक्स अभावको गुनासो बढेपछि बजार अनुगम तिब्र गराएको छ ।

बढी मुल्यमा कारोबार गर्ने र लुकाउनेलाई कारवाही थालिएको बताएको छ । विभागले हिजो मात्र काठमान्डौको क्षेत्रपाटिमा रहेको नेपाल केयर सर्जिकल सप्लायर्सलाई माक्स लुकाएको आरोपमा दुईलाख रुपैया जरिवाना गरेको थियो ।

तेस्तै बिलबिनै महँगो मुल्यमा माक्स विक्री गरेको सचिन ट्रेटलाई १० हजार जरिवाना गरेको छ भने अन्य ८ वटा फर्मलाई सचेत गराएको समेत विभागले जनाएको हो ।

विभागले आज पनि बजार अनुगमन गरेको छ त्रिपुरेश्वरको खनाल सप्ल्यार्स अर्चना सप्लायर्स र फिस्टेल सप्लायर्सलाई ५ हजारका दरले जरिवाना तिराएको छ ।

उनीहरुले माक्स स्यानिटाईजर मेडिकलजन्य सामग्रीहरु वेचेको विभागले जनाएको हो ।विभागले गत सोमबार त्रिपुरेश्वरकै स्वस्तिका सप्लायर्सलाई २० हजार जरिवाना अगरेको बताएको थियो।

तेस्तै कोरोनाको संक्रमण विश्वभरिनै महामारीको रुपमा देखिन थालेपछि नेपालमा सबैले आ आफ्नो क्षेत्र घर र परिवारमा सावधानी अपनाउन सरकारले आग्रह गरेको छ।

सरकारले ठुला सभा सम्मेलन भोजभतेर समेत नगर्न सबैमा सुचित गरेको हो ।