कोरोनाको आशंकामा ६ जनालाई आईसोलेसनमा ,

फागुन २९ ,काठमान्डौ – कोरोनाको आशंकामा ६ जनालाई अस्पतालको आईसोलेसन वार्डमा भर्ना गरिएको छ ।

४ जनालाई टेकु अस्पताल र २ जनालाई पाटन अस्पतालको आइसोलेसन वार्डमा राखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता डा विकास देवकोटाले संक्रमणको आशंकामा ६ जनालाई आइसोलेसन वार्डमा राखिएको जानकारी दिए ।

उनले विभिन्न ८ देशका नागरिकलाई नेपाल आउनका लागि रोक लगाइएको पनि जानकारी दिए ।