भोलि देखि हुने भनेको एसईई परीक्षा स्थगित ,

चैत ५ ,काठमान्डौ – भोलि बिहिबार ६ गते देखि हुन लागेको एसईई परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।

कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले एसईई परीक्षा हाललाई स्थगित गर्ने निर्णय हो ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले जानकारी गराएका थिए ।

lekbesi

बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारले एइईई परीक्षा रोक्ने निर्णय गरेको जानकारी दिए ।

अब परीक्षा कहिले हुने भन्नेमा भने सरकारले केही बताएको छैन । असईई परिक्षाको लागि विभिन्न विद्यालयका केन्द्रमा परिक्षाको पूर्ण तयारि रहेको हिजो शिक्षा तथा प्रविधि मन्त्रि गिरिराज मणि पोख्रेलले बताएका थिए ।