कोरोना आशंका गरिएका थप अर्का व्याक्तिको पाटन आईसोलेसनमा मृतु ,
मान्छे मरेपछि रिपोर्ट खोज्ने सरकार
चैत १७ ,काठमान्डौ – कोरोना आशंका गरिएक थप एक जनाको पाटन अस्पतालमा मृतु भएको छ।
धादिङ खनियाँपानी घर भएका ३५ वर्षीय युवकको लतिलपुरस्थित पाटन अस्पतालको आइसीयूमा राखीएको अवस्थामा मृतु भएको हो ।
महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी दुर्गा सिंहका नुसार ति युवकको सोमबार मृतु भएको हो ।
तामाङ थरका ती युवक चैत १४ गते मात्रै भारतबाट नेपाल फर्किएका थिए । उनका कोरोनाको संक्रमण भएको आशंका गरेर नमुना परीक्षणका लागि टेकुस्थित केन्द्रीय प्रयोगशालामा पठाइएको भएपनि रिपोर्ट अहिले सम्म नआएको पाटन अस्पतालका निर्देशक डा विष्णु शर्माले बताए।
युवकमा अत्यधिक ज्वरो थियो हामीले कोरोना आशंकामा नमुना पाठाएक छौ अहिलेनै कोरोनाले मृतु भएको भन्न मिल्दैन रिपोर्ट आउन बाँकि छ उनले भने ।
कोरोना आसंकामा पाटनको आईसोलेसन्मा अहिले तिन जना रहेको पनि उनले बताए ।
तेस्तै वुटवलमा हिजो मात्र रुपन्देहीको कोरोना भाइरस उपचार विशेष अस्पतालमा एक युवकको मृत्यु भएको छ ।
उनको पनि रिपोर्ट अझै आएको छैन बुटवल धागो कारखानामा सञ्चालित कोभिड १९ विशेष अस्पतालमा उपचाररत पाल्पा रिब्दीकोट स्थायी घर भई बुटवल सैनामैना बस्ने ३३ वर्षका युवकको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष सूर्यबहादुर भट्टराईले जानकारी दिए ।
ज्वरो आएपछि स्थानीय मेडिकल हलमा चेकजाँच गराएका उनलाई चैत १३ गते लुम्बिनी प्रादेशिक अस्पताल अन्तर्गतको कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना गरिएको थियो ।