Gold
Bangad salyan

सुतिरहेको बेला पर्वतमा पहिरोले घर बगायो दम्पतीको मृत्यु

साउन ४

Salyan

पर्वत – पर्वतमा सुति रहेको बेला पहिरोले घर बगाउँदा दम्पतीको ज्यान गएको छ।

मोदी गाउँपालिका–३ देउरालीको लाङ्दीमा गएराति पहिरोले घर पुरिँदा स्थानीय ७६ वर्षीय छविलाल विश्वकर्मा र उनकी श्रीमती ७६ वर्षीया विष्णुमती बेपत्ता भएका थिए।

बेपत्तामध्ये खोजीका क्रममा छविलालको शव आइतबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतका इन्सपेक्टर रामप्रसाद सापकोटाले जानकारी दिए। विष्णुमतीको शव अझै फेला परेको छैन उनको खोजि भैरहेको सापकोटाले जनाए ।