भरतपुरको कोरोना अस्पतालमा अक्तियारको छापा आर्थिक अनियमितता समेत भएको आसंका ,
बैशाख १६ काठमान्डौ – भरतपुरस्थित कोरोना विशेष अस्थायी अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय हेटौंडाको टोलीले छापा मारेको छ ।
अस्पतालका कर्मचारीले नै सामानहरु ओसार्दै गरेको भिडियो सार्वजनिक भएपछि अख्तियारको टोलीले मंगलबार दिउँसो कोरोना अस्पतालमा छापा मारी महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको हो ।
बैशाख ७ गते देखि सञ्चालनमा आएको कोरोना अस्पतालमा आर्थिक अनियमितता गरिएको आशंकासमेत गरिएको छ ।
यस अस्पताल सञ्चालनका लागि प्रदेश सरकारले एक करोड रुपैयाँ सहयोग गरेको थियो ।
ती सबै कागजात लिएर टोली हेटौंडा फर्किएको अख्तियार हेटौंडाका प्रमुख शिवकुमार कार्कीले जानकारी दिए ।
भरतपुर अस्पतालका कर्मचारी फणिन्द्र खानाल र सञ्जय बराल तथा भरतपुर महानगरपालिकाका स्वास्थ्य शाखाका अधिकृत सूर्य तिवारीले समानहरु प्याक गरेको र बाहिर लगेको दृश्य भिडियोमा कैद भएको छ।
यस विषयमा अख्तियारले थप विवरणहरु बाहिर ल्याएको भने छैन।