राष्ट्रिय एकता अपरिहार्य देखिएको बेला आन्तरिक विवाद हुनु राम्रो होइन महरा ,
बैशाख १७ काठमान्डौ – पुर्व सभामुख तथा प्रतिनिधि सभा सदस्य कृष्ण बहादुर महराले नेकपाको आन्तरिक विवादले आम नेपालि नागरिक निरास रहेको बताएका छन् ।
महराले विज्ञप्ति जारि गर्दै कोरोना भाइरस संक्रमणबाट नेपाल प्रभावित भईरहेको र मुलुकको अर्थतन्त्र धराशायी अवस्थामा पुगेको हुनाले यो परिस्थितिमा राष्ट्रिय एकता अपरिहार्य देखिएको बताए ।
मुलुककै सबैभन्दा ठूलो तथा सरकार सञ्चालन गरिरहेको दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको आन्तरिक विवादमा एकता कायम गरेर संवाद सहमति र सहकार्यबाट अगाडी बढ्न पनि महराले आग्रह गरेका छन् ।
अहिलेको विषम हालको अवस्थामा सबै दल तथा जनसुदाय मिलेर कोरोना भाइरस विरुद्ध संघर्ष गर्ने बेला हो।
यस्तो जटिल अवस्थामा दलहरुबीच एकता र सहकार्य हुनपर्नेमा विवाद देखिनुलाई राम्रो मान्न सकिदैन मिलेर अगाडी बढ्न आग्रह गर्दछु महराले भनेका छन् ।