Simta
Simta
lekbesi

माननीय ध्रुब कुमार शाहीको ध्यान भारतमा अलपत्र परेका सुर्खेतका नागरिक तर्फ ,

Gurvakot

बैशाख १७ काठमान्डौ – माननीय धुर्ब कुमार शाही लकडाउनले भारतमा अलपत्र परेका सुर्खेतका मजदुर नागरिकतिर सक्रिय देखिएका छन् ।

लकडाउनले भारतमा थुप्रै सुर्खेतका नागरिक अलपत्र छ्न । नागरिकलाई खान बस्न समस्या परेपछि उनीहरुले माननीय धुर्ब कुमार शाहीलाई सम्पर्क गरेका थिए ।

सोहि आधारमा उनले भारतस्थित नेपाली राजदुतावास दिल्लीमा सम्पर्क गरि राहतको लागी सहयोग गरि दिन अनुरोध गरेका थिए।

lekbesi

यो भन्दा अगाडी भारत गुजरात राज्यको अहमदाबादमा सुर्खेत जिल्ला भेरी भेरिगंगाका नागरिकलाई शाहीले सम्पर्क गरि राहत उपलब्ध गराएका थिए ।

शाहीको पहलमा दुतावासले अहमदाबाद स्थानीय प्रशासनको नम्बर उपलब्ध गराएको थियो ।

स्थानीय प्रशाशनले नेपाली नागरिक बसेको स्थानमा सत्य तथ्य बुझी ति परिवारलाई राहत उपलब्ध गरेको छ ।

तेस्तै गुजरातमा अति विपन्न रुपमा रहेका नेपालिले विभिनन संघ संगठन तथा प्रतिनिधिलाई सम्पर्क गर्नपनि आग्रह गरिएको छ ।

तेस्तै गुजरातमा अलपत्र परि खान बस्न समस्यामा परेका नेपालिले हरि महर 9913549714 जयलाल रसाइली 7433800649 संग सम्पर्क गर्न पनि अनुरोध गरिएको छ ।

अलपत्र परेका विपन्न नेपालिलाई एनजिओ र आफ्नो ब्याक्तिगत सहयोगबाट पनि सक्दो अहयोग गरिने  बताईएको छ ।

Simta