थप एक जनामा कोरोन पुस्टि ,

बैशाख १७ ,वीरगन्जका एक पुरूषमा थप कोरोना संक्रमण पुष्टि भएको छ ।

महानगरका सफाइ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ ।

यसअघि बुधबार नै एकैदिन तीन जना व्यक्तिमा कोरोनाभाइरस (कोभिड-१९) को संक्रमण देखिएको थियो।

lekbesi

आज पुष्टि भएका संक्रमित सबैलाई नारायणी अस्पताल लैजाने तयारी हुँदैछ।तीनमध्ये दुई जना बारा र एक जना वीरगन्जका छन्।

स्रोतका अनुसार तीनै जना यसअघि वीरगन्ज-१६ स्थित इनरुवाका कोरोना संक्रमित व्यक्तिसँगै दिल्लीको मर्कजबाट फर्किएका थिए।

यो संगै नेपालमा संक्रमित्को संख्या ५८ पुगेको छ जसमा १६ जना निको भएर घर फर्केका छन् ।